default_image

1 year ago

July 18, 2023

अल नासर ५-० ले पराजित

265 views

0 Bookmark

एजेन्सी – साउदी क्लब अल नासरले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सोमबार स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को फराकिलो हार बेहोरेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले सुरुवात गरेको खेलमा क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचले पनि डेब्यु गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने सेल्टाले गोलको वर्षा गरेको थियो ।

क्रिस्टियानोले पहिलो हाफमा पाएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा अल नासर अग्रता लिनबाट चुकेको थियो । त्यही गल्ति दोस्रो हाफमा टोलीलाई महँगो पर्यो । रोनाल्डोले खेलको पहिलो हाफ मात्र खेलेका थिए ।

सेल्टाका लागि गेल जन्सनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मिगेल रोड्रीग्वेज र जोर्गेन लार्सनले २-२ गोल थप्दै स्पेनिस टोलीको फराकिलो जित पक्का गरे ।

अल नासरले अब मैत्रीपूर्ण खेलमा युरोपेली च्याम्पियन्स लिग क्लबहरु बेन्फिका, पेरिस सेन्ट जर्मेन र इन्टर मिलानको सामना गर्नेछ ।

अल नासरले नयाँ सिजनका लागि मैत्रीपूर्ण खेलबाट टोली थप बलियो बनाउने प्रयास गर्दैछ । फिफाले अल नासरलाई नयाँ खेलाडी दर्ता गर्न प्रतिबन्ध लगाएपछि टोलीले उपलब्ध खेलाडीबाट नै नयाँ सिजन खेल्नुपर्ने भएको हो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.