2 years ago
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नवीन न्यौपानेले त्रिभुवन आर्मी फुटबल क्लबको पुरुष टोलीको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) हेड अफ एकेडेमी नियुक्त भएपछि न्यौपानेले आर्मीको प्रशिक्षक पद त्यागेका हुन् । आर्मीमा ७ वर्षको आफ्नो प्रशिक्षण जीवन सुखद रहेको न्यौपानेले बताए ।
‘मैले एक सिजन आफ्नै पुरानो क्लब मनाङ मस्र्याङ्दी क्लब हेर्ने मौका पाए,’ न्यौपानेले भने, ‘त्यसपछि पछिल्लो सात वर्ष आर्मीमा रहँदा टोली सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन र आहा गोल्ड कप जिताउन सकिन बाँकी त्यसबाहेक अधिकांश प्रतियोगिता जिताउन सफल भए । मेरो लागि आर्मीको सात वर्षे यात्रा प्रशिक्षण जीवनको स्वर्णिमकालको रुपमा लिएको छु ।’
२०७३ मा आर्मीमा आबद्ध भएयता न्यौपानेले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकसहित २४ वटा उपाधि दिलाएका थिए । लिगमा उनको प्रशिक्षणमा आर्मीले दोस्रो स्थान प्राप्त गरेको थियो । एन्फाले पहिलादेखि नै प्रस्ताव गरेकोले नयाँ चुनौती स्वीकार गर्दै हेड अफ एकेडेमीको जिम्मेवारी सम्हाल्न लागेको न्यौपानेले बताएका छन् ।
‘आर्मीमा हुँदा मैले धेरै अनुभव बटुल्ने मौका पाएको छु । त्यहाँको वातावरण एकदमै व्यवसायिक छ,’ उनले भने, ‘अब नयाँ यात्राको सुरुवात हुँदैछ । आशा छ राम्र्रै हुन्छ होला । आफ्नोतर्फबाट पूरा प्रयास गर्नेछु ।’
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार एन्फाले बुटवल र धरानमा सन्चालन गर्दै आएको एकेडेमी तथा भविष्यमा महिला खेलाडीका लागि तीन ठाँउमा सन्चालन गर्न लागिएको महिला एकेडेमीको प्रमुख न्यौपाने रहेका छन् । यसअघि नवीन महर्जनले युथ हेड अफ इलिट र हेड अफ एकेडेमीको पनि जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै शाहले भने, न्यौपाने हेड अफ एकेडमी र महर्जन युथ हेड अफ इलिटको जिम्मेवारीमा काम गर्नुहुनेछ ।
आर्मीले मेघराज केसीलाई नयाँ प्रशिक्षकका रुपमा अनुबन्धन गर्ने तयारी गरिरहेको बताइएको छ । केसी र आर्मी क्लबबीच बुधबार सम्झौता हुने सम्भावना रहेको बताइएको छ । केसीले यसअघि पनि आर्मीको टोली सम्हालेका थिए । गत महिना सम्पन्न लिगमा भने केसी थ्री स्टार क्लबको प्रशिक्षक थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]