2 years ago
July 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– दुई मैत्रीपूर्ण खेललाई नेपाली महिला राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटल संघ (एन्फा) ले सोमबार विदाई गरेको छ ।
साफ च्याम्पियनसिपको फाइनलपछि झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन लागेको मैत्रीपूर्ण खेल असार २८ र ३१ गते हुनेछ ।
साफ च्याम्पियनसिपमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले यसअघि नै बताएका छन् । नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । बंगलादेशबाट फर्केपछि महिला टोली पुनःएयिसाली खेलकुदको तयारीमा जुट्नेछ ।
एसियाली खेलकुदको महिला टोलीलाई भने बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् । मैत्रीपूर्ण खेलले एसियाडको तयारीलाई पनि फाइदा पुग्ने विश्वास प्रशिक्षक थापाले लिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायत एन्फा पदाधिकारीले टोलीको विदाई गरेका थिए ।
नेपाली महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा
मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)
व्यवस्थापक – विन्द्रा देवान
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]