2 years ago
July 10, 2023
काठमााडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसिए) को तदर्थ समिति गठन भएको छ । शेर्पा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत हुन् ।
सहिद स्मारक ए, बि र सि डिभिजनमा रहेका क्लबहरुको प्रतिनिधिको भेलाले सोमबार गठन गरेको एनएफसिएको उपाध्यक्षमा मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले र रानीपोखरी टिम (आरसिटी) कुमारराज भण्डारी छन् ।
एन्फाका पूर्व उपाध्यक्ष समेत रहेका मध्यपुर युथ एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंह महासचिव, सानेपा क्लबका ध्रुबविक्रम पाण्डे सचिव, एसएएस स्पोर्टस समाजका मनोरथ आचार्य कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै एन्फाका पूर्व महासचिव तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, फ्रेन्ड्स क्लबका विश्वासविक्रम शाह, सातदोबाटो क्लबका कपिल राना, न्यूरोड टिम –एनआरटी) का डिकेन सुवाल, नयाँ बस्तीका रामबहादुर तामाङ, सरस्वती क्लबका क्षितिज पराजुली र मनोहरा युनाइटेड क्लबका दीपक ज्ञवाली सदस्य रहेका छन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]