default_image

2 years ago

July 9, 2023

महिला फुटबल टोली मंगलबार बंगलादेश जाने

424 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् ।

एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् ।

‘भारत र नेपाल महिला फुटबलमा पहिला देखि नै बलिया टोली हुन् । महिला फुटबलमा ग्रासरुटबाटै विकास गर्ने प्रयास गरेको बंगलादेश पछिल्लो समय बलियो बनेको छ,’ थापाले भने, ‘यो दक्षिण एसियाका लागि सकारत्मक पक्ष हो । हामीले दक्षिण एसिया भन्दा अघि बढ्नका लगि यो क्षेत्रमा अझै प्रतिस्पर्धा बढ्न आवश्यक छ ।’

गत वर्ष फाइनलमा दशरथ रंगशालामा नेपाललाई ३–१ ले हराउँदै बंगलादेश पहिलो पटक महिला साफ च्याम्पियनसिपको विजेता बनेको थियो । हामी साफ च्याम्पियनसिपमा हारेका थियौं । ‘यसपटक दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछौं,’ थापाले भने, ‘यो हाम्रा लागि त्यो हारको बदला लिने मौकाका रुपमा लिएका छौं । हामी सफल हुन्छौं भन्नेमा आशावादी छौं ।’

बंगलादेशलाई हराउन सक्ने आधार प्रस्तुत गर्ने क्रममा थापाले अगाडि भने, ‘मैले पहिला देखि नै भन्दै आएको छु । अहिलेको महिला टोली भनेको गोल्डेन पुस्ता हो । त्यसमाथि अहिले सावित्रा भण्डारी सम्बा चोटमुक्त भएर फर्केपछि लयमा छिन् । त्यो हाम्रा लागि राम्रो पक्ष हो । सबै हिसाबले हामी बंगलादेशलाई पराजित गर्न सक्षम छौं ।’

नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । नेपाल बंगलादेशबीचको पहिलो खेल असार २८ गते र दोस्रो खेल असारा ३१ गते हुनेछ । बंगलादेशबाट फर्केपछि महिला टोली पुनःएयिसाली खेलकुदको तयारीमा जुट्नेछ । एसियाली खेलकुदको महिला टोलीलाई भने बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् ।

नेपाली महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (
गोलकिपर प्रशिक्षक)

व्यवस्थापक – विन्द्रा देवान

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.