default_image

2 years ago

July 6, 2023

एन्फालाई महिला संघको ध्यानाकर्षण पत्र

382 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि महिला राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुन नसकेपछि त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको नेपाल फुटबल महिला संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

असार २८ र ३१ गते नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच बंगलादेशमा मैत्रीपूर्ण खेल हुने तय छ । असोजमा ६ गते देखि चीनमा हुने एसियाली खेलकुद (एसियाड) का लागि तयारी जारी रहँदा मैत्रीपूर्ण खेलका लागि भने तयारी सुरु हुन सकेको छैन ।

एसियाडका लागि बालगोपाल महर्जनले महिला टोलीलाई प्रशिक्षण दिइरहेका छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) एसियाडको टोली हेर्ने जिम्मेवारी दिएको हो । अर्कोतर्फ एन्फाले अनन्तराज थापालाई मैत्रीपूर्ण फुटबलको तयारी गर्न निर्देशन दिएको छ । आइतबारदेखि मैत्रीपूर्ण खेलका लागि तयारी गर्ने भनिएपनि राष्ट्रिय टोलीमा रहेका एपिएफका ११ खेलाडीले भाग नलिएपछि बंगलादेशविरुद्धका लागि तयारी सुरु हुन सकेको छैन ।

राखेपले एसियाडका लागि एपिएफ पत्र पठाएकोले त्यहि अनुसार आफ्ना खेलाडी उपलब्ध गराएको र मैत्रीपूर्ण खेलका लागि राखेपसँग एन्फाले समन्वय गर्दा पर्याप्त रहने तर्क दिएको बुझिएको छ । यद्दपी एन्फाले ए डिभिजन लिगका विषयमा आफ्नो मागको सुनुवाई नगरेका कारण खेलाडीलाई तयारीमा नपठाउने मौखिक जानकारी दिएको चर्चा चलेको छ । यद्दपी यसमा एन्फा वा एपिएफले सर्वाजनिक रुपमा कुनै जानकारी दिएको छैन ।

एन्फा र एपिएफका प्रतिनिधिबीच बुधबार छलफल भएको र बिहीबारबाट मैत्रीपूर्ण फुटबलका लागि तयारी सुरु गर्ने वातावरण बनेको बताइएको छ । गत वर्ष साफ च्याम्पियनसिपमा फाइनल खेले यता नेपाल र बंगलादेशका फुटबल टोलीबीच प्रतिस्पर्धा हुँदैछ । यसैबीच महिला संघले यस विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै चाँडो भन्दा चाँडो विवादको समाधान गर्न एन्फालाई आग्रह गरेको छ ।

महिला संघले भनेको छ, ‘खेल्न पाउनु खेलाडीको अधिकार हो र यो अधिकारको संरक्षण गर्नु एन्फाको दायित्व हो । अहिले देखिएको अन्योलको अन्त्य गर्दै एपिएफका खेलाडीलाई यथाशिघ्र राष्ट्रिय टोलीको प्रशिक्षण्मा फर्किने वाताावरण मिलाउन एन्फा नेतृत्वलाई आग्रह गर्दैछौं ।’

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ संघिय राजधानी बाहिर र महासचिव किरण राई देश बाहिर रहेकाले महिला संघकी अध्यक्ष समेत रहेकी पेमा डोल्मा लामाले संघको ध्यानाकर्षण पत्र बुधबार एन्फा प्रवक्ता सुरेश शाहलाई बुझाएकी थिइन् ।
ध्याानाकर्षण पत्रमा भनिएको , ‘मैत्रीपूर्ण खेलका लागि एपिएफले आफ्नो खेलाडी पठाउन नसक्ने परिस्थिती आउनु दुर्भाग्यपूर्ण छ । यस विषयमा नेपाली फुटबलको अविभावक संस्था एन्फाले गम्भिर हुनुपर्ने देखिएको छ ।’

संघले अगाडि भनेको छ,‘एएिफएका खेलाडी चीनमा हुने एसियाली खेलाकुदको तयारीमा समावेश हुनु तर बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलका लागि भइरहेको बन्द प्रशिक्षणमा नहुनुले केही समस्या रहेको अनुभुती भइरहेको छ । त्यसैले यसको तत्काल निवारण गरी एन्फाले खेलाडीलाई खेलमा फर्कान पहल चाल्नु पर्ने आवश्यक देखिएको छ ।’

एपिएफ गत महिना सम्पन्न ए डिभिजन लिगबाट रेलिगेसनमा परेको थियो । अन्तिम खेलको जितबाट रेलिगेसनबाट जोगिएको थ्री स्टार र जावलाखेलबीचको खेलमा मिलेमतो गरेको एपिएफले आरोाप लगाउँदै एन्फामा उजुरी दर्ता गरेको थियो । जावलाखेलविरुद्धको खेलमा वर्कपरमिट नभएका दुई विदेशी खेलाडीलाई थ्री स्टारले खेलाएको आरोपमा लगाउँदै एपिएफले उजुरी दिएको थियो ।

त्यसमा एन्फाले जवाफ नदिएका कारण् एपिएफले खेलाडीलाई मैत्रीपूर्ण खेलको तयारीका लागि नपठाउने कदम चालेको थियो । यद्दपी त्यसको लिखित कुनै जानकारी भने एपिएफले दिएन । एन्फाले भने ए डिभिजन लिगको विषय र महिला राष्ट्रिय टोलीको विषयलाई एकै ठाँउमा जोड्न नहुने तर्क गरेको बताइएको छ ।

राष्ट्रिय महिला टोलीमा एपिएफकी सावित्रा भण्डारी साम्बा, गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना, हिराकुमारी भुजेल, सरु लिम्बू, अनिता केसी, निशा थोकर, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिति राई र सविता रानामगर छन् । एन्जिला राष्ट्रिय टोलीकी कप्तान पनि हुन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.