default_image

1 year ago

July 4, 2023

नेपाललाई हराएका भारत र कुवेत फाइनल खेल्दै

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को फाइनलमा मंगलबार आयोजक भारत र कुवेत भिड्दैछन् । समूह चरणमा नेपाललाई हराएका यी दुई टोलीबीच बेंगलोरको कन्तिरभा रंगशालामा साँझ ७:३० बजे उपाधि भिडन्त हुनेछ ।

भारतले सेमिफाइनलमा लेवनानमाथि टाइब्रेकरमा जित हासिल गरेको थियो । समूह ए को उपविजेता भारतले गोलरहित बराबरीपछि सुटआउटमा ४-२ को जित हासिल गरेको थियो । कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा गोल नगरेको सेमिफाइनल एकमात्र खेल थियो ।

यता कुवेतले बंगलादेशलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समयको पहिलो हाफमा कुवेतले विजयी गोल गरेको थियो ।

भारत र कुवेतबीच समूह चरणमा भएको खेल बराबरीमा सकिएको थियो । भारतले सुनिल क्षेत्रीको गोलमा अग्रता लिएपनि इन्ज्युरी समयमा आत्मघाती गोलले घरेलु टोलीलाई समूह विजेता बन्न बन्चित गरेको थियो ।

समूह चरणमा नेपाल भारत र कुवेत दुवैसँग पराजित भएको थियो । कुवेतविरुद्ध ३-१ को हार बेहोरेको नेपाल भारतसँग २-० ले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।

भारत लगातार दोस्रो पटक र समग्रमा नवौं पटक उपाधि जित्न चाहन्छ । आमन्त्रित टोलीको रुपमा आएको कुवेत भने इतिहास बनाउने सुरमा रहनेछ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.