default_image

1 year ago

July 3, 2023

अब ‘गोल सेलेब्रेसन’मा खर्च भएको समय थप हुने

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलमा गोल गरेपछि खुसियाली मनाउँदा खर्च हुने समय अब हरेक हाफ पछि थप गरिने समय गणना गर्दा जोडिने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले सन् २०२३/२४ सिजनका लागि नियमहरु परिमार्जन गर्ने क्रममा यो निर्णय लिएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल संचालनका लागि लागु गर्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।

लज अफ द गेमको धारा ७ को उपधारा ३ मा ‘खर्च भएको समय थप गरिने’ शीर्षकमा अब गोल सेलेब्रेसनलाई पनि बेग्लै शीर्षक राखेर समावेश गरिने भएको हो । यसअघि गोल सेलेब्रेसनलाई समय थपको अन्य कारणको रुपमा लिइने गरेको थियो ।

नयाँ नियम अनुसार अब तल दिइएका घटनालाई मध्यनजर गर्दै रेफ्रीले हाफको अन्त्यमा समय थप्नेछन् :

  • खेलाडी परिवर्तन
  • चोट लागेका खेलाडीको उपचार वा परिवर्तन
  • समय खेर फालेको
  • कार्ड दिएपछि खेल रोकिएको
  • प्रतियोगिता नियमअनुसार लिइने कुलिङ ब्रेक वा ड्रिंक्स ब्रेक
  • भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को चेक वा रिभ्यु
  • गोल सेलेब्रेसन
  • खेल रोकिनुको अन्य कारण (जस्तै बाह्य वस्तुबाट खेल रोकिनु, आदि)

यो नियम सन् २०२३/२४ सिजनदेखि विश्वभर लागु हुनेछ । अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार नयाँ सिजन सुरु भइसकेको छ र अधिकांश ठूला लिगमा ट्रान्सफर विन्डो पनि खुला छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.