2 years ago
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लेवननलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारत उपाधि रक्षाको नजिक पुगेको छ । भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । यसअघि बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको थियो ।
बैंगलरुको कान्तिरभा रंगशालामा शनिबार निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकेरमा धकेलिएको थियो । पेनाल्टीमा भारतका सबै ४ खेलाडीले गोल गर्दा लेवननका दुई खेलाडी गोल गर्नबाट चुकेका थिए ।
लेवननका कप्तान हसन माटुकको पहिलो प्रहारलाई नै भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले रोकेका थिए । चौथो पेनाल्टीमा खलिल बदरको प्रहार आकाशिएको थियो । वालिद स्वर र मोहम्मद सादेक मात्र लेवननका लागि पेनाल्टीमा गोल गर्न सफल भए । भारतका लागि भने कप्तान सुनिल क्षेत्री, अनवर अली, महेश सिंह र उदान्त सिंहले गोल गरेका थिए । निर्धारित समय र थप समयमा दुबै टोलीले गोलका लागि अवसर पाएपनि सफलता भने प्राप्त गर्न सकेनन् ।
सन् १९९५ पछि पहिलो पटक टाइब्रेकरमा पुगेको सेमिफाइनलमा यसपटक पनि भारतनै सफल भएको थियो । त्यति बेला पनि बंगलादेशलाई ४–२ ले हराउँदै भारत फाइनल पुगेको थियो । भारत र कुवेतबीच मंगलबार फाइनल खेल हुने छ । समूह चरणमा भारत र कुवेत एकै समूहमा थिए । समूह चरणको अन्तिम खेल १–१ को बराबरीमा टुंगिएपछि कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल पुगेको थिए ।
समूह चरणमा भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानलाई हराएका थिए । साफको १४ औं संस्करणमा आइपुग्दा भारत नवौं पटक उपाधि जित्ने प्रयासमा हुनेछ । दक्षिण एसिया बाहिरका कुवेत र लेबननले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिएका हुन् । भारत सन् २००३ बाहेक सबै संस्करणको फाइनल खेल्दै आएको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]