default_image

1 year ago

June 30, 2023

नेपाल होइन वेल्सबाट खेल्न चाहन्छन् किवन राई

360 views

0 Bookmark

एजेन्सी – गत साता इंग्लिस फुटबलको चौथो श्रेणीको क्लब न्युपोर्ट काउन्टीसँग सम्झौता गरेका मिडफिल्डर किवन राईले वेल्सको राष्ट्रिय टोलीबाट नै खेल्न चाहेको बताएका छन् ।

इंग्लिस फुटबलको व्यावसायिक लिगमा अनुबन्धित हुने पहिलो नेपाली मुलका खेलाडी बनेका किवनले बिबिसीसँगको अन्तर्वार्तामा वेल्सबाट नै अन्तर्राष्ट्रिय फुटबल खेल्न चाहेको बताएका हुन् । किवनले आफ्नो आमा-बुबा नेपाली भएकाले नेपाली पासपोर्ट र नागरिकता लिएको अवस्थामा नेपालको राष्ट्रिय फुटबल टोलीबाट खेल्न पाउँथे । तर वेल्समा जन्मिएका उनले अन्तर्राष्ट्रिय फुटबल कहाँबाट खेल्नेबारे कुनै दुविधा नरहेको अभिव्यक्ति दिएका हुन् ।

‘मेरो सपना एकदिन वेल्सबाट खेल्ने नै छ,’ किवनले भने, ‘म यहाँ जन्मिएको हुँ । मेरो साथीहरु पनि सबै यहींबाट नै छन् । मेरो लागि यो नै सहि निर्णय जस्तो लाग्छ । म यहाँकै मान्छे हुँ,’ किवनले भने ।

किवनका पिता गज राई ब्रिटिस गुर्खामा कार्यरत रहेका थिए । २२ वर्ष गुर्खामा काम गरेका उनले छोराका लागि वेल्समा नै रिटायर भएपछिको जीवन बिताउने निर्णय लिएका थिए । नेपालको संस्कृतिसँग निकट रहेको बताउने किवनले नेपालमा हुने चर्चाबारे आमा-बुबाले देखाउने गरेपनि आफूलाई भने त्यसमा खास चासो नरहेको बताए ।

‘म नेपालमा भएको चर्चामा अड्किन चाहन्न, तर मलाई आमा बुबाले देखाइरहनु हुन्छ,’ उनले भने, ‘मेरो प्रशंसा गरेकोमा म खुसी छु र धन्यवाद भन्न चाहन्छु । तर मैले यो समय आफ्नो लक्ष्यमा ध्यान दिन जरुरी छ । उनले अबको आवश्यकता कडा मिहिनेत गर्नुपर्ने रहेको पनि बताए ।’

किवनले बेर्कनमा रहेर आफ्नो युवा अवस्थामा फुटबल खेल्ने गर्थे । उनले न्युपोर्टको अन्डर-१६ टोलीमा ट्रायल दिएपछि करिअरले उडान भरेको थियो । सन् २०२३ मार्चमा मात्र १७ वर्ष हुँदा उनले पहिलो टोलीमा डेब्यु गरेका थिए । गत सिजन लिगको अन्तिम खेलमा सुरुवात गरेका किवनले यस सिजनको सुरुवातमा सम्झौता गरेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.