default_image

2 years ago

June 30, 2023

मार्टिनो इन्टर मियामीको प्रशिक्षक

240 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी जेरार्डो ‘टाटा’ मार्टिनो अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

इन्टर मियामीले अर्जेन्टिना र क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक मार्टिनोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । ६० वर्षीय मार्टिनोले फिल नेभिलको स्थान लिनेछन् । उनी १ जुनमा बर्खास्त गरिएको थियो ।

इन्टर मियामीको नयाँ प्रशिक्षक नियुक्त भएसँगै मार्टिनो र लियोनल मेस्सीबीच पुनर्मिलन हुने भएको छ । सात पटकका बालोन डी’ओर विजेता मेस्सी र मार्टिनोले यसअघि बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सँगै रहेका थिए । उनीहरुबीच तेस्रोपटक सहकार्य हुनेछ । मेस्सीले यसै समरमा फ्रान्सेली क्लब पिएसजी छाड्दै मियामी आएका थिए ।

सन् २०२२ को फिफा विश्वकपमा उनी मेक्सिकोका प्रशिक्षक रहेका थिए । मेक्सिको समूह चरणबाटै बाहिरिएपछि अर्जेन्टिनी मार्टिनोले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

‘टाटा एक उच्च सम्मानित व्यक्तित्व हो । उनको रेकर्ड आफैं बोल्छ ।’ इन्टर मियामीका सह मालि डेभिड बेकह्यामले भने, ‘हामी विश्वस्त छौं कि उनको अनुभवले हाम्रो टोलीलाई प्रेरणा दिनेछ र हाम्रा फ्यानहरूलाई उत्साहित बनाउनेछ उनको प्रभाव हेर्न तत्पर छौं ।’

मार्टिनोले आफ्नो कामको कागजात प्राप्त गरेपछि कोचिङको जिम्मेवारी ग्रहण गर्नेछ । मार्टिनोसँग एमएलएसको अनुभव छ । दुई वर्ष एमएलएस बसाई उनले २०१८ मा एट्लान्टा युनाइटेडलाई एमएलएस कपको उपाधि दिलाएका थिए । इन्टर मियामी १८ खेलबाट १३ हारका साथ तल्लो क्रममा छ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.