default_image

2 years ago

June 30, 2023

चेल्सीका मिडफिल्डर म्यानचेस्टर जाने

227 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका मिडफिल्डर मेसन माउन्ट अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् ।

युनाइटेडले इंग्लिस मिडफिल्डर माउन्टलाई चेल्सीबाट ५५ मिलियन पाउन्डमा ५ वर्षको लागि सम्झौता गरेको छ । २४ वर्षीय माउन्ट यो समर सिजनमा युनाइटेडमा अनुबन्ध हुने पहिलो खेलाडी बनेको छ ।

चेल्सीले गत सिजन ६ सय मिलियन पाउन्ड खर्च गरेको थियो र फाइनान्सियल फेयर प्लेको तनाव घटाउन चेल्सीले धमाधम खेलाडी कटौती गरिरहेको छ ।

चेल्सीले युनाइटेडको सुरुवाती तीन प्रस्ताव अस्वीकार गरेपनि चौथो प्रस्तावमा दुई क्लब र खेलाडी सहमत बनेको हो । चेल्सीले यसै समरमा माउन्टलाई गुमाउन चाहेको थिएन । तर, अर्काे वर्ष स्वतन्त्र हुने भएका कारण चेल्सीले राम्रो शुल्कमै बेचेको हो ।

माउन्ट यो समरमा चेल्सी छाड्ने आठौं खेलाडी बनेका छन् । काई हाभर्ट्ज आर्सनल र माटियो कोभासिस म्यानचेस्टर सिटीमा पुगेको छ । एडुआर्ड मेन्डी र कालिडो कोउलिबाली साउदीको अल–अहली तथा एन’गोलो कान्टे साउदीकै अल इतिहादमा पुगेका छन् । रुबेन लोफ्टस चिक र टिमोथी बाकायोको एसी मिलान पुगिसकेका छन् ।

६ वर्षको उमेरमा चेल्सीमा आवद्ध भएका माउन्टले सन् २०१९ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले चेल्सीका लागि १९५ खेलमा ३३ गोल गरेका थिए । गत सिजन चोटका कारण माउन्ट लामो समय मैदान बाहिर रहेका थिए ।

युनाइटेड प्रिमियर लिगमा तेस्रो स्थानमा रह्यो र जबकि प्रशिक्षक एरिक टेन ह्यागले यस समरमा नयाँ फरवार्डलाई प्राथमिकता दिएको छ । माउन्ट त्यही अनुसार अनुबन्ध गरिएको फरवार्ड हो ।

माउन्टले चेल्सीसँग २०२१ मा च्याम्पियन्स लिगसँगै फिफा क्लब विश्वकप र यूईएफए सुपर कप पनि जितेका छन् । इङ्ल्यान्डबाट ३६ क्याप जितेका उनले ५ गोल गरेका छन् । उनी २०२२ को कतार विश्वकपमा इंग्ल्यान्डको टोलीमा थिए ।

माउन्टले चेल्सीको एकेडेमी मार्फत २०१७–१८ को सिजनमा लोनमा भिटेसेमा सामेल हुनुअघि डच लिगमा ९ गोल गरेका थिए । त्यसपछि उनी च्याम्पियनसिप क्लब हुँदै चेल्सीको सिनियर टोलीमा पर्न सफल भएका थिए । त्यसपछि उनी टोलीको प्रमुख खेलाडी बनिसकेका छन् ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.