default_image

2 years ago

June 28, 2023

लेवनान समूह विजेता बन्दै सेमिफाइनलमा

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानले साफ च्याम्पियनसिप २०२३ को समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार भएको समूह बी को अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै लेवनान समूह विजेता बनेको हो । लेवनानको जितमा कप्तान हसान मातुकले गोल गरेका थिए । उनले फ्रिकिकमा गरेको गोल नै निर्णायक सावित भयो ।

यस जितसँगै लेवनान अपराजित रहेर समूह विजेता बनेको छ । यस समूहबाट बंगलादेश र भुटानले आजै खेल्दैछन् । त्यसपछि समूह उपविजेता छिनोफानो हुनेछ । हाल माल्दिभ्स र बंगलादेशको ३-३ अंक तथा भुटान अंक विहिन छ ।

सेमिफाइनलमा अब भारत र लेवनान भिड्नेछन् । अर्को सेमिफाइनलमा कुवेतले समूह बी को उपविजेतासँग खेल्नेछ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.