9 years ago
September 20, 2015
काठमाडौं, असोज ३ गते ।
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मी क्लबले नेपाल एपिएफलाई १-० ले हरायो । टेक बहादुर बुढाथोकीले खेलको एकमात्र गोल गरे ।
खेलको सुरु बाटनै नेपाल आर्मी अक्रमक देखिएपनी पहिलो अशालाग्दो प्रहार भने एपोएफ बाट भयो । ६औं मिनटमा हेमन गुरुङले प्रहार गरेको फ्री-किक बार म लगेर बहिरिएको थियो भने २२ मिनट मा भरत खवासको प्रहार पनि किपर बिट भैसकेको अवस्थामा बारमा लगेको थियो ।
दोस्रो हल्फ को २४औं मिनटमा भरत खवासको पासम टेकले गरेको हेड अमृत चौधरीले पन्च गर्द बारमै लागेको थियो । तेस्को दुई मिनट पश्चात सन्तोश तामाङको फ्री-किकलाई हेड गर्दै टेक खेलको एक मात्र गोल गर्न सफल भए । ९०+२ मा भरत खवास दोहोरो पहेलो कार्ड खादै बहिरिए ।
यो नतिजाले नेपाल आर्मी राष्ट्रिय लेगको अंक तलिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ ।खेलको उत्कृष्ट खेलाडी जितेन्द्र कार्की भए ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]