default_image

1 year ago

June 28, 2023

टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो

143 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्ध गरेको छ ।

टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । स्वीडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले लोन अवधि पुरा गर्दै स्थायी खेलाडी बनेपछि प्रशिक्षक एन्जे पोस्टेकोग्लोको नेतृत्वमा उनी दोस्रो हस्ताक्षर हुन् ।

२६ वर्षीय भिकारियोले एम्पोलीमा दुई सिजन बिताउँदा गत सिजन सानदा रप्रदर्शन गरेपछि उनी इटालीको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए ।

टोटेनहमका कप्तान तथा पहिलो रोजाईका फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसको क्लबमा सम्झौता अझै १ वर्ष बाँकी छ । अब उनले लोरिससँगै फ्रेजर फोस्टरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उत्तरी लन्डन क्लबले भिकारियोलाई कमाण्डिङ गोलकिपर भनेर वर्णन गरेको छ ।

उडिनेसबाट व्यवसायिक खेल करिअर शुरु गरेका भिकारियोले क्याग्लियारी, पेरुगिया र भेनेजियाबाट खेलिसकेका छन् । उनी २०२१ मा एम्पोली पुगेका थिए । गत सिजन रेलिगेसन जोनमा संघर्ष गरिरहेको एम्पोलीलाई रेलिगेसन बचाउन उनै गोलरक्षक भिकारियोले सानदार प्रदर्शन गरेका थिए ।

गत सिजन भिकारियोले ३१ लिग खेलमा ३९ गोल खादा खेलमा क्लिन सिट राख्न सफल भएका थिए । एम्पोली रेलिगेसन जोनभन्दा १२ अंकको दुरीमा अघि रह्यो । गत सेप्टेम्वरदेखि इटालीको टोलीमा रहेका उनले डेब्युको अवसर पाएका छैनन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.