2 years ago
June 28, 2023
एजेन्सी – गत सिजन ट्रेवल उपाधि जितेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्रोएसियाका मिडफिल्डर माटियो कोभासिसलाई क्लबमा अनुबन्ध गरेको छ ।
सिटीले २९ वर्षीय कोभासिसलाई इंग्लिस क्लब चेल्सीबाट ४ वर्षको लागि प्रारम्भिक २५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । एड अनमा ५ मिलियन पाउन्ड रहेको छ । यससँगै उनी सन् २०२७ सम्म इतिहाद स्टेडियममा रहनेछन् ।
गत सिजन ट्रेबल उपाधि च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेपछि कोभासिच यो समरमा सिटीको पहिलो अनुबन्धन हो । ‘यो मेरो लागि चुनौतीपूर्ण कदम हो ।’ कोभासिसले भने ।
जर्मन मिडफिल्डर इल्काए गुन्डोगन फ्रि ट्रान्सफरमा स्पेनिस च्याम्पियन बार्सिलोना गएपछि सिटीको उनको स्थानमा कोभासिसलाई अनुबन्ध गरेको हो । सिटीले मिडफिल्डर डेक्लान राइसको लागि ९० मिलियन पाउन्ड खर्चन तयार रहेपनि प्रस्ताव अस्वीकार भएपछि सिटीले कोभासिसलाई अनुबन्ध गरेको हो ।
‘प्रशिक्षक पेप गुआर्डिओलाको नेतृत्वमा सिटीले के गरेको छ, यो सबैलाई थाहा छ । मेरो लागि तिनीहरू विश्वका उत्कृष्ट हुन् ।’ उनीहरूले जितेका ट्रफीबाट पनि सबै कुरा स्पष्ट छ ।’ कोभासिसले भने, ‘यो टोलीमा सामेल हुनु कुनैपनि फुटबलरको लागि सपना हो । मैले अझै धेरै सिक्न बाँकी छ । मलाई थाहा छ पेपको व्यवस्थापनमा म राम्रो खेलाडी बन्न सक्छु, जुन मेरो लागि साँच्चै रोमाञ्चक छ ।’
‘मेरो योजना नयाँ सिजनको तयारी गर्न म्यानचेस्टर जानुअघि केही हप्ता आराम गर्ने हो । म यस क्लबलाई शीर्ष स्थानमा रहन र थप ट्रफी जित्न मद्दत गर्न चाहन्छु ।’ कोभासिसले थपे ।
‘कोभासिसलाई सिटीमा ल्याउनु एकदमै सरल निर्णय थियो । हामीले खोजिरहेको मिडफिल्डरमा रहनुपर्ने गुण (रणनीतिक र प्राविधिक गुण) उहाँसँग छ ।’ सिटीका निर्देशक टक्सीकी बेगिरिस्टेनले भने, ‘उनी त्यस्तो व्यक्ति हुन् जसलाई हामीले धेरै लामो समयदेखि निगरानी गरेका छौं र हामीले उहाँलाई हेर्दा सधैं हामी प्रभावित भयौं ।’
कोभासिस अगस्ट २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा चेल्सीमा आएका थिए । त्यही सिजन नै उनले चेल्सीका पाँच वर्षको सम्झौत गरेका थिए । कोभासिसले गत सिजन चेल्सीका लागि ३७ खेल खेलेका छन् । चेल्सीले २०२१ मा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका सदस्य थिए । जसबेला चेल्सीले सिटीलाई १–० ले पराजित गरेको थियो ।
कोभासिसले क्रोएसियाका लागि ९५ क्याप जितेका छन् । उनी फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाको टोलीमा थिए । क्रोएसिया विश्वकपमा तेस्रो भएको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]