8 years ago
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । समूह ‘बी’ को लिग खेलमा इमेजले रेडियो नेपाललाई ३–२ ले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।
सेमिफाइनल पुग्ने पहिलोटोली बनेको इमेजको जितमा अरुण बराल, पेम्बा लामा र ‘म्यान अफ द म्याच’ योद्धा थापाले गोल गरे । तीन टिम रहेको समूह ‘बी’ मा यसअघि इमेजले अन्नपूर्ण पोष्टलाई हराएको थियो । प्रतियोगिताअन्तर्गत बुधबार साविक विजेता कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजन तथा एभिन्युज र नेपाल टेलिभिजनबीच खेल हुनेछ ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]