2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानको सामना गर्दैछ । खेल दिउँसो ३:४५ बजे बेंगलोरस्थित कन्तिरभा रंगशालामा हुनेछ ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले आजको खेलमा एक परिवर्तन गरेका छन् । भारतविरुद्ध चोट बोकेका फरवार्ड अन्जन विष्टको स्थानमा मिडफिल्डर आवास लामिछानेले आज सुरुवात गर्दैछन् । आवास राष्ट्रिय टोलीमा पहिलो पटक सुरुवाती रोजाइमा खेल्दैछन् ।
टोलीको कप्तानी किरण चेम्जोङले गर्नेछन् । डिफेन्समा सनिश श्रेष्ठ, देवेन्द्र तामाङ, अनन्त तामाङ र रोहित चन्द छन् । मिडफिल्डमा लाकेन लिम्बु र एरिक विष्टसँग आवासले खेल्नेछन् । विमल घर्तीमगरलाई युवा विंगरद्वय आयुष घलान र मनिष डाँगीले साथ दिनेछन् ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]