2 years ago
June 26, 2023
एजेन्सी – क्रोएसियाका मिडफिल्डर तथा कप्तान लुका मोड्रिचले स्पेनिस क्लब रियल म्यड्रिडसँग सम्झौता नविकरण गरेका छन् ।
लुका मोड्रिचले रियलमा एक वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । यससँगै मोड्रिच सन् २०२४ को समरसम्म रियल म्याड्रिडमा रहनेछ ।
मोड्रिच साउदी अरेबियाको क्लबसँग जोडिएपनि उनी थप एक वर्ष सान्टियागो बर्नबेउमै बस्ने निर्णय गरेका हुन् । ३७ वर्षीय मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहम हटस्परबाट रियल आएका थिए ।
उनले रियलका लागि ४८८ खेल खेलेका छन् । उनले रियलबाट तीन पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । क्रोएसिया विश्वकपको फाइनलमा पुग्दा उनले २०१८ मा बालोन डी’ओर पनि जितेका थिए ।
आफ्नो नयाँ सम्झौताको घोषणापछि मोड्रिचले ट्विटरमा ‘होम स्वीट होम’ लेखेका छन् । यस्तै मोड्रिच रियलमा सम्झौता नविकरण गर्ने तेस्रो खेलाडी बनेका छन् ।
यसअघि टोनी क्रुस, ड्यानी सेबालोस र नाचो फर्नान्डेजले रियलमा सम्झौता नविकरण गरिसकेका छन् । मोड्रिच अझै पनि रियलको प्रमुख खेलाडी नै रहेको छ ।
रियलले यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट इंग्ल्याण्डका युवा मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गरिसकेको छ । अब रियलको मिडफिल्डमा थप प्रतिस्पर्धा हुने भएको छ ।
रियलको मिडफिल्डमा मोड्रिचसँगै टोनी क्रुस, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा, ओरेलिएन चुआमेनीसँगै जुड बेलिङह छन् ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]