2 years ago
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह बी को खेलमा लेवनानले भुटानलाई सहजै हराएको छ ।
आइतबार भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा लेवनानले भुटानलाई ४-१ ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो । लेवनानले पहिलो हाफमै ४ गोलको अग्रता लिएको थियो । भुटानका लागि चेन्चो ग्याल्सेनले सान्तवना गोल फर्काएका थिए ।
लेवनानको जितमा मोहमद सादेकले ११ औं मिनेटमा सुरुवाती गोल गरे । अलि हाजको प्रहार भुटानका गोलरक्षकले फुस्काएपछि रिबाउन्डलाई सादेकले गोलमा परिणत गरेका थिए । २४ औं मिनेटमा अलि हाजले दर्शनीय गोल गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट ४ भुटानी खेलाडी बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
३५ औं मिनेटमा खलिल बादेरले लेवनानका लागि तेस्रो गोल गरे । कर्नरमा आएको हेडर डिफेन्डरले रोकेपनि त्यसपछि रिबाउन्डमा बादेरले गोल गरेका थिए । ४३ औं मिनेटमा मेहदी जेनले चौथो गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट भएको प्रहार भुटानको डिफेन्सले रोकेपनि दोस्रो बलमा जेनले गोल गरेका थिए ।
८० औं मिनेटमा भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरेका थिए । दोर्जीले डिफेन्सको गल्तीमा आएको बललाई छरितो पास खेलेपछि चेन्चोले गोल गरेका थिए । त्यसअघि चेन्चोले पेनाल्टी बाहिर प्रहार गर्दा भुटानले गोल फर्काउने अवसर गुमाएको थियो ।
यस जितसँगै लेवनानको २ खेलमा ६ अंक छ । बंगलादेश र माल्दिभ्सको ३-३ अंक छ भने भुटान अंकविहिन छ । सबै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित छ । अन्तिम खेलमा लेवनानले माल्दिभ्स र बंगलादेशले भुटानको सामना गर्नेछ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]