default_image

1 year ago

June 26, 2023

नेपाली मुलका किवन इंग्लिस क्लबमा अनुबन्धित

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका अट्याकिङ मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्धित भएका छन् ।

उनी इएफएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली मुलका पुरुष खेलाडी बनेका छन् । यसअघि महिलातर्फ अस्मिता आलेमगरले प्रिमियर लिगबाटै व्यवसायिक खेल खेलिसकेका छन् ।

१८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा परेका हुन् । नेपाली बाबुआमाबाट वेल्समा जन्मिएका राई सन् २०२१ मा न्युपोर्टको एकेडेमी भर्ना भएका थिए । युवा मिडफिल्डर गत मार्चमा न्यु पोर्टको सिनियर टोलीबाट ४ खेल खेलिसकेका छन् ।

च्याम्पियनसिप क्लब न्यु पोर्ट आउनुअघि किवनले ब्रेकन कोरिन्थियन्सबाट आफ्नो प्रतिभा निखारेका थिए । यो किवनसँगै उनको परिवार र क्लबलाई गर्व गर्ने क्षण बनेको छ ।

ब्रेकन कोरिन्थियन्समा उनको प्रतिभा देखेका न्यु पोर्टले लगत्तै आफ्ना् एकेडेमीमा भर्ना गरेको थियो । एकेडेमीमा पनि प्रभाव जमाएका उनले केही महिनामा नै सिनियर टोलीमा डेब्यु गरेका थिए । न्युपोर्टका प्रशिक्षक ग्राहम कफलिनले उनलाई पहिलो रोजाईमै मौका प्रदान गरेका थिए ।

‘किवनले एकेडेमीमा हामीलाई प्रभाव पार्यो ।’ ग्राहमले भने, ‘उनले धेरै महिनासम्म पहिलो टोलीसँग प्रशिक्षण गरे र आफ्नो खेललाई वास्तवमै राम्रोसँग विकास गरे, र म उसलाई गत सिजनको अन्तिम दिनमा क्रेवेविरुद्ध पहिलो सुरुवात दिन पाउँदा खुसी छु ।’

‘उनीसँग प्रि–सिजन हुनेछ, जहाँ हामी उनलाई फेरि मूल्यांकन गर्नेछौं । यसले उनलाई एक्सपोजर हुनेछ । किनभने उसलाई थप अनुभवको खाँचो छ ।’ प्रशिक्षक ग्राहमले थपे ।

आफ्नो पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गर्न पाउँदा खुशी लागेको र यो सानैदेखिको सपना रहेको किवनले बताएका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.