default_image

1 year ago

June 24, 2023

इलामलाई मुख्यमन्त्री कप फुटबल उपाधि

185 views

0 Bookmark

हिमाल खरेल, ओखलढुंगा

इलामले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा शनिबार भएको फाइनलमा संखुवासभालाई ३–० ले हराउँदै इलामले उपाधि जितेको हो ।

इलामको जितमा विशाल तामाङ, युवराज राई र विनोद धमलाले गोल गरेका थिए । खेलको ५९ औँ मिनेटमा विशालले गोल गर्दै अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा युवराज र ८४ औं मिनेटमा विनोदले गोल थपे । उपाधिसँगै इलामले २ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्यो । संखुवासभाले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । इलामका पिकेश लोक्ताम फाइनलको म्यान अफ द म्याच घोषित भए र उनले ४ हजार रुपैयाँ प्राप्त गरे ।

इलामका विशाल तामाङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा इलामका मौसम मगर उत्कृष्ट गोलरक्षक, सोही टोलीका आशुष तिमल्सिना उत्कृष्ट डिफेन्डर, संखुवासभाका मन्दिप राई उत्कृष्ट फरवार्ड र इलामका छिरिङ पासाङ उत्कृष्ट प्रशिक्षक घोषित भए । ओखलढुंगाका सञ्जय गुरुङ उच्च गोलकर्ता रहे । उनीहरुले समान ५ हजार ५ सयसहित ट्रफी पाए ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका अध्यक्ष तथा बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, बोर्ड सदस्य थलु राजभण्डारी, ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.