2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह ए को खेलमा कुवेतले पाकिस्तानमाथि फराकिलो जित दर्ता गरेको छ ।
भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पाकिस्तानलाई ४-० ले हरायो । कुवेतको जितमा मोबरक अलफनेनीले २ तथा हसन अल अनेजी र इद अलरशिदीले १-१ गोल गरे ।
खेलको नवौं मिनेटमा अल अनेजीले अलफनेनीको पासलाई नियन्त्रणमा लिँदै फिनिस गरे । १६ औं मिनेटमा अल रशिदीको क्रसमा अलफनेनीले निअर पोस्टमा फिनिस गरेका थिए । अल फनेनीले इन्ज्युरी समयमा युसुफ बटलाई पेनाल्टी क्षेत्र बाहिरबाट बिट गर्दै ३-० को अग्रता दिलाए ।
६९ औं मिनेटमा अल रशिदीले सुल्तान अल एनेजीको पासमा गोल गर्दै जित पक्का गरे । पहिलो खेलमा नेपाललाई पराजित गरेको कुवेत ६ अंक जोड्दै सेमिफाइनल पुग्ने संघारमा रहेको छ ।
आज साँझ ७:४५ बजे हुने खेलमा नेपाल र भारत खेल्नेछन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले नै पराजित गरेको थियो ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]