2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीको सामना गर्दैछ ।
कुवेतसँगको पहिलो खेल ३–१ ले गुमाएको नेपालका लागि च्याम्पियनसिपमा अघिल्लो चरणको सम्भावनालाई जीवन्त राख्न आयोजक भारतविरुद्धको खेल महत्त्वपूर्ण रहेको छ । साविक विजेता समेत रहेको भारतले जितबाट आफ्नो यात्रा सुरु गरेको थियो । पाकिस्तानमाथि ४–० को फराकिलो जित निकालेको भारतले विजय यात्रालाई निरन्तरता दिन सके अन्तिम खेल अघि नै सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
नेपाल र भारतबीचको खेल अघि सोही समूहमा कुवेत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । कुवेत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे तथा नेपाल र भारतबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।
अर्को समूहमा लेवनान र माल्दिभ्सले जितबाटबाट यात्राको सुरुवात गरेका थिए । नेपाल, पाकिस्तान, भुटान र बंगलादेशले अंकको खाता खोल्न बाँकी छ । साफ च्याम्पियनसिपमा अहिले सम्म नेपालले एक पटक मात्र भारतलाई हराउन सकेको छ । सन् २०१३ मा स्वदेशमा भएको च्याम्पिनसिपको समूह चरणमा २–१ ले हराएको थियो ।
आठ पटकको च्याम्पियन रहिसकेको भारतलाई हराउन नेपाललाई सधै कठिन रहँदै आएको छ । साफ इतिहासमै गत संस्करणको फाइनल पुगेको नेपाल त्यति बेला पनि भारतसँग ३–० ले पराजित भएको थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]