default_image

2 years ago

June 22, 2023

इलाम र खोटाङ मुख्यमन्त्री कपको सेमिफाइनलमा

299 views

0 Bookmark

हिमाल खरेल,ओखलढुंगा
इलाम र खोटाङ कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा जारी प्रतियोगितामा बिहीबार तेस्रो क्वार्टर फाइनल खेलमा धनकुटालाई हराउँदै इलाम अन्तिम चारमा पुगेको हो ।

खेलको सुरुवातमै इलामले धनकुटाविरुद्ध अग्रता लिएको थियो । खेल तेस्रो मिनेटमा इलामका अर्जुन गुरुङले गोल गर्दै अग्रता दिलाएका हुन् । त्यस्तै, खेलको ४८ औँ मिनेटमा इलामका विनोद धमलाले अर्को गोल थप्दै स्थिति २–० को गोल अन्तरमा पुर्याएका थिए । विनोद खेलको म्यान अफ दी म्याच घोषित भए र उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय समाजसेवी मेखबहादुर खड्काले ४ हजार रुपैयाँ र मेडल प्रदान गरे ।

आजै सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा सुनसरीलाई टाइब्रेकरमा हराउँदै खोटङ सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको औँ मिनेटमा खोटाङका विशाल राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, ५२ औँ मिनेटमा सुनसरीका निर्मल भूजेलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

टाइब्रेकरमा खोटाङ भाग्यमानी सावित भयो । खोटाङका गोलकिपर किरण राईले घाइते भएर पनि उत्कृष्ट बचाउ गरेका थिए । टाइब्रेकरमा खोटाङले ५–४ गोल अन्तरले जित्यो । खोटाङका गोलकिपर किरण म्यान अफ दी म्याच भए र उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय समाजसेवी शंकर कटवालले ४ हजार रुपैयाँ र मेडल प्रदान गरे ।

इलामले फाइनल प्रवेशका लागि ओखलढुंगासँगको भेट पक्का गरेको छ । त्यस्तै, खोटाङले सेमिफाइनलमा खेल संखुवासभासँग खेल्नेछ । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.