default_image

1 year ago

June 22, 2023

मिडफिल्डर क्रुसले रियल म्याड्रिडमा सम्झौता थपे

106 views

0 Bookmark

एजेन्सी – जर्मन मिडफिल्डर टोनी क्रुसले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । मिडफिल्डर टोनी क्रुसले क्लबसँग एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नयाँ सम्झौताले क्रुस सन् २०२४ को जुनसम्म म्याड्रिडमा रहनेछ । ३३ वर्षीय क्रुसले रियल म्याड्रिडका लागि ४१७ खेल खेलिसकेका छन् । उनले यो सिजन रियलबाट ५२ खेल खेल्दा २ गोल गर्न सफल भएका थिए ।

२०१४ को विश्व च्यािम्पयन टोनी क्रुस सन् २०१४ मै जर्मन क्लब बायर्न म्युनिखबाट रियलमा अनुबन्ध भएका थिए । उनले रियलबाट विभिन्न २० उपाधि जितिसकेका छन् ।

रियल म्याड्रिडमा ९ सिजन रियलमा बिताएका उनले चार च्याम्पियन्स लिग, पाँच क्लब विश्वकप, चार युरोपियन सुपर कप, तीन ला लिगा उपाधि, एक कोपा डेल रे र तीन स्पेनिश सुपर कप जितेका छन् ।

गत सिजन उनले रियललाई कोपा डेल रेको उपाधि जिताउन भुमिका निभाएका थिए । रियलले यसपटक ला लिगा र च्याम्पियन्स लिग जित्न सकेन ।

ला लिगमा रियल बार्सिलोनासँग पछि पर्दा च्याम्पियन्स लिगका सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । रियलले बोरुसिया डर्टमण्डबाट इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गरिसकेको छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.