2 years ago
June 22, 2023
एजेन्सी – लन्डन क्लब आर्सनलले अर्काे लन्डन क्लब चेल्सीका जर्मन मिडफिल्डर काई हाभर्टजलाई अनुबन्ध गर्ने पक्का भएकाे छ । आर्सनलले जर्मन मिडफिल्डर काईलाई ६५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।
सम्झौताको विषयमा दुई क्लब र काईबीच सहमति भइसकेको र केही दिनमा नै मेडिकलसँगै आर्सनलमा सार्वजनिक गरेका तयारी भइरहेको छ ।
गत सिजन चेल्सीका लागि ४७ खेलमा ९ गोल गरेका उनको एड अन शुल्क बढ्ने सम्भावना छ । २४ वर्षीय हाभर्ट्ज सन् २०२० मा जर्मन क्लब बायर लेभरकुसेनबाट ७१ मिलियन पाउण्डमा चेल्सीमा आएका थिए ।
काईले चेल्सीमा तीन सिजन बिताउँदा १३९ खेलमा ३२ गोल गरेका छन् । उनले २०२१ च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध चेल्सीका लागि विजयी गोल पनि गरेका थिए ।
आर्सनल यो सिजन च्याम्पियन्स लिगमा छनोट भएसँगै प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीलाई बलियो बनाइरहँदा हाभर्ट्ज आर्सनल जान तयार भएको हो ।
आर्सनलले वेस्ट ह्यामका इंग्लिस मिडफिल्डर डेक्लान राइसलाई पनि पछ्याइरहेको छ, तर २४ वर्षीय राइसले ९० मिलियन पाउण्डलाई पनि अस्वीकार गरेको छ ।
यसैबीच, चेल्सीले आफ्नो टोलीको आकार घटाउने प्रयास गरिरहेको छ । क्रोएसियाका २९ वर्षीय मिडफिल्डर माटियो कोभासिस अर्काे इंग्लिस क्लब म्यानचेस्टर सिटीमा ३० मिलियन पाउन्डमा सम्झौता हुने पक्का भइसकेको छ ।
चेल्सीकै अर्का ३२ वर्षीय फ्रान्सेली मिडफिल्डर एनगोलो कान्टे साउदी अरेबियाको च्याम्पियन अल इतिहादमा जाने पक्का भइसकेको छ ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]