default_image

1 year ago

June 21, 2023

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः संखुवासभा सेमिफाइनलमा

258 views

0 Bookmark

हिमाल खरेल, ओखलढुंगा

उदयपुरलाई हराउँदै संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा उदयपुरलाई टाइब्रेकरमा हराउँदै संखुवासभा अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सुरुवाती अग्रता उदयपुरले लिए पनि संखुवासभा खेलमा फर्किएपछि उदयपुर स्तब्ध बन्न पुग्यो । १–२ को गोल अन्तरले पछि परेको संखुवासभालाई पेनाल्टीमा गोल गर्दै सन्दीप भगत श्रेष्ठले २–२ को बराबरीमा ल्याएका थिए ।

आज दिउँसो भएको संघर्षपूर्ण खेलमा उदयपुरका खेलाडी तिप्सन मगरले पेनाल्टी बक्समा संखुवासभाका खेलाडी जीवन मगरलाई लडाएपछि संखुवासभाले पेनाल्टी पाएको थियो । यसअघि खेलको १४ औँ मिनेटमा उदयपुरका दिवस श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २६ औँ मिनेट कप्तान सुनिल खड्काले गोल गर्दै संखुवासभाविरुद्ध दुई गोलको अग्रता बनाएका थिए ।

तर, ३१ औँ मिनेटमा जीवन मगर र ६७ औँ मिनेटमा श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । संखुवासभाले टाइब्रेकर ५–४ गोल अन्तरले उदयपुरलाई हराएको हो । खेलको म्यान अफ द म्याच संखुवासभाका गोलकिपर प्रदिप जिमी भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र संखुवासभा जिल्ला फुटबल संघका अध्यक्ष भरतकुमार घिमिरेले नगद चार हजार र मेडल प्रदान गरे ।

यसैबीच, आज बिहान भएको अर्को खेलमा खोटाङले जित निकाल्यो । छिमेकी पहाडी जिल्ला तेह्रथुमलाई टाइब्रेकरमा हराउँदै खोटाङले सुनसरीसँगको भेट पक्का गरेका हो । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–२ को अन्तरमा हराउँदै खोटङ विजयी भएको हो ।

यसअघि खेलको ३९ औँ मिनेटमा खोटाङका सुजन माझीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५० औँ मिनेटमा तेह्रथुमका मिलन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।खेलको मयान अफ द म्याच खोटाङका गोलकिपर किरण राई भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय व्यवसायी सर्वोत्तम श्रेष्ठले नगद चार हजार र मेडल प्रदान गरे ।

प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.