2 years ago
June 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो ।
पहिलो हाफमै २-० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा पनि गोल थपेको थियो । अन्जन विष्टले नेपालका लागि गोल फर्काएपनि नेपालले त्यसपछि गोल गर्न नसक्दा नतिजा बदल्न भने सकेन । कुवेतका लागि मोहमद अब्दुल्लाह, शाइबाइबा अल्खाल्दी तथा खालेद हजियाले १-१ गोल गरे ।
२३ औं मिनेटमा कुवेतले कप्तान खालेद हजियाको गोलमा अग्रता लियो । फवाज अलोताइबीको कर्नरमा नेपालको डिफेन्स र गोलरक्षकबीच फ्रन्ट पोस्टमा समन्वय हुन नसक्दा हजियाले खाली पोस्टमा बललाई गोलको दिशा दिए ।
३६ औं मिनेटमा कुवेत अग्रता दोब्बर पार्नबाट चुक्यो । फवाज अलोताइबीले दायाँ विंगबाट दिएको क्रसमा मोहमद अब्दुल्लाहको हेडर क्रसबारमा लागेर फर्किएको थियो ।
४१ औं मिनेटमा कुवेतले अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा अघि बढेको मुभलाई शाइबाइबा अल्खाल्दीले गोलमा परिणत गरेका थिए । बायाँ विंगबाट मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र रोक्दै विमल पाण्डेलाई बिट गरेपछि अल्खाल्दीले गोलरक्षक किरण चेम्जोङलाई बिट गरेका थिए ।
६५ औं मिनेटमा कुवेतले अर्को गोल थप्यो । हमाद अल कलाफको क्रस अनन्तको हातमा लाग्दा रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए । मोहमद अब्दुल्लाहले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।
तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेलमा गोल फर्कायो । अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जनले बललाई अघि बढाउँदै फिनिस गरे । अन्जनको राष्ट्रिय टोलीबाट यो व्यक्तिगत १२ औं गोल पनि हो ।
७५ औं मिनेटमा कुवेतका मोहमद अब्दुल्लाह अग्रता बढाउनबाट बन्चित रहे । गोलरक्षक किरणले उनको शक्तिशाली प्रहारलाई विफल पार्दै नेपालको झिनो सम्भावना कायम राखे । त्यसपछि नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमा नै हार बेहोर्न पुग्यो ।
समूह ए कै दोस्रो खेलमा आझ साँझ भारत र पाकिस्तान खेल्नेछन् । खेल ७:४५ बजे सुरु हुनेछ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]