default_image

1 year ago

June 21, 2023

मछिन्द्रले पारोसँग खेल्ने

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को उपविजेता मछिन्द फुटबल क्लबले एएफसी कपको छनोटको पहिलो राउन्डमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ ।

मछिन्द्र र पाराबीचको खेल अगस्ट ८ मा हुनेछ । खेल हुने स्थान भने तय गरिएको छैन । लिगको उपाविजेता भएपनि एएफसी क्लब लाइसेन्स भएका कारण मछिन्द्रले एएफसी कपको छनोट खेल्ने मौका पाएको हो ।

लिग च्याम्पियन बनेपनि एएफसी क्लब लाइसेन्स नभएका कारण चर्च ब्वाइज युनाइटेड एएफसी कपको छनोट खेल्नबाट वञ्चित बनेको हो ।

२०७७ मा मछिन्द्र च्याम्पियन बनेपनि क्लब लाइसेन्स नभएका कारण त्यसबेला लिगमा दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप खेल्ने मौका पाएको थियो ।

त्यसको एक वर्षपछि मछिन्दले क्लब लाइसेन्ससँगै पुनः लिग च्याम्पियन बन्दै एएफसी कप कप खेलेको थियो । त्यसबेला दशरथ रंगशालामा भएको पहिलो राउन्डको खेलमा श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित भएको थियो ।

नेपालमा मछिन्द्रसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् । एपिएफ भने यो सिजन रेलिगेसनमा परिसकेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.