default_image

2 years ago

June 21, 2023

कोलम्वियाले जर्मनीलाई हरायो

205 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र जर्मनीलाई पराजित गरेको छ । कोलम्वियाले घरेलु टोली जर्मनीमाथि २–० को सहज जित हात पारेको हो ।

कोलम्वियाको जितमा लुइस डियाज र जुआन कोर्डाडोले गोल गरे । भेल्टिन्स एरिना जर्मनीमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

५४औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाए । उनले जुआन कोर्डाडोको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८१औं मिनेटमा कोर्डाडोले पेनाल्टीमा गोल गर्दै कोलम्वियाको जित पक्का गरे । डेइभेर मचाडोको क्रसलाई क्लियर गर्ने क्रममा योसुवा किम्मिखले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा कोर्डाडो चुकेनन् ।

यस जितसँगै कोलम्विया पछिल्लो ११ खेलसम्म अपराजित रहन सफल भएको छ । २०२२ को फेब्रुअरीमा विश्वकप छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता कोलम्विया ११ खेलसम्म अपराजित रहन सफल भएको हो । जसमा ९ जित र २ बराबरीको नतिजा छ ।

यता, जर्मनी भने पछिल्लो चार खेलसम्म जितविहीन बनेको छ । गत मार्चमा मैत्रीपुर्ण खेलमा पेरुलाई २–० ले पराजित गरेयता जर्मनीले चार खेल खेल्दा जित निकाल्न सकेको छैन । जसमा तीन हार र एक बराबरीको नतिजा छ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.