default_image

2 years ago

June 21, 2023

बेल्जियमको सानदार जित, पोल्यान्ड स्तब्ध

148 views

0 Bookmark

एजेन्सी – युरोकप २०२४ को छनोटमा बेल्जियमले सानदार जित निकाल्दा पोल्यान्ड स्तब्ध बनेको छ । बेल्जियमले इस्टोनियामाथि ३–० को सहज जित हात पारेको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा जोहान बाकायोकोले एक गोल थपे । इस्टोनियामा मंगलबार राति भएको खेलको ३७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई १–० को अग्रता दिलाए । उनले एस्टरको पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा लुकाकुले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले अर्थर थिटको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ९०औं मिनेटमा जोहान बाकायोकोले गोल गर्दै बेल्जियमको जित पक्का गरे । उनले यान्निक कारास्कोको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै समूह ‘एफ’ मा बेल्जियम ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पराजित इस्टोनिया १ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा अष्ट्रियाले स्वीडेनलाई २–० ले पराजित गरेको छ । अष्ट्रियाको जितमा दुवै गोल क्रिस्टोफ बोउमगार्टनरले गरे । यस जितले अष्ट्रिया चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । पराजित स्वीडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

समूह ‘ई’ को खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा पोल्यान्ड मोल्दोभासँग ३–२ ले स्तब्ध बनेको छ । मोल्दोभाको पूनरागमन जितमा आयन निकोलेस्कुले दुई तथा भ्लाडेस्लाभ बाबोग्लोले एक गोल गरे । स्वीडेनका एर्काडिअस्ज मिलिक र कप्तान रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो ।

मोल्दोभामा मंगलबार राति भएको खेलको १२औं मिनेटमा मिलिकको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो । ३४औं मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डको अग्रता दोब्बर पारे । तर, त्यो दुई गोलको अग्रतालाई पोल्यान्डले जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

४८औं मिनेटमा आयनले गोल गर्दै मोल्दोभालाई खेलमा फर्काउने संकेत दिए । ७९औं मिनेटमा आयनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा भ्लाडीस्लाभले गोल गर्दै पोल्यान्डलाई ३–२ को हार चखाए ।

यस जितले मोल्दोभा ४ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित पोल्यान्ड ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा अल्वानियाले फारोइ आइल्यान्डलाई ३–१ ले पराजित गरेको छ ।

अन्य नतिजा
समूह ‘ए’
नर्वे
विरुद्ध साइप्रस (–१)
स्कटल्यान्डविरुद्ध जर्जिया (–०)
समूह ‘जी’
बुल्गेरियाविरुद्ध सर्विया (१–१)
हंगेरीविरुद्ध लिथुआनिया (–०)
समूह ‘जे’
बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध लक्जेमवर्ग (०–)
आइसल्यान्डविरुद्ध पोर्चुगल (०–)
लिचेस्टाइनविरुद्ध स्लोभाकिया (०–)

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.