default_image

8 years ago

January 9, 2017

फिफा बर्ष खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोलाई

58 views

0 Bookmark

जुरिच (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो चौथो पटक हो।  फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको पहिलो पल्टमै रोनाल्डोले सफलता हात परेका छन।   

cr7

यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका थिए । रियलले गत बर्ष च्याम्पियन लिग उपाधि जित्दा रोनाल्डोले विजयी पेनाल्टी गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा गत बर्ष पोर्चुगलले पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

फ्रान्स फुटबल र फिफाले सन् २०१०देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको हो।

फिफाले निम्नानुसारको विधाहरुमा उपाधि वितरण गरेको थियो:

‘द बेष्ट’ पुरुष खेलाडी: क्रिस्टियानो रोनाल्डो
‘द बेष्ट’ महिला खेलाडी: कार्ली लोयड
‘द बेष्ट’ पुरुष प्रशिक्षक: क्लाउडियो रेनेरी (लेस्टर सिटी फूटबल क्लब)
‘द बेष्ट’ महिला प्रशिक्षक: सिल्भिया नेइड (जर्मनी)
फिफा फेअर प्ले अवार्ड: क्लब एट्लेटिको नेसनल (उरुग्वे)
फिफा पुस्कास अवार्ड: मोहम्मद फायाज सुब्री (मलेसिया)
फिफा फ्यान अवार्ड: लिभरपुल र् बोरुसिया डर्ट्मुन्ड
फिफा विश्व ११: नेउर; पिके, रामोस, मार्र्सेलो, अल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, सुअारेज

September 21, 2024

धादिङमा फुटबल र मिनि म्याराथन हुने

धादिङ (हाम्रो खेलकुद) – धादिङकाे निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नकआउट फुटबलसँगै खुल्ला मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ । कुपा युवा समाजको आयोजनामा विजया दशमी तथा दीपावलीको अवसरमा असोज २३ गतेदेखि कात्तिक १ गतेसम्म फुटबल तथा खुल्ला १० किलोमिटर मिनि म्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी […]

September 21, 2024

कम्बोडियासँग नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ को फराकिलो अन्तरले पराजित भएको छ। चाइनिज ताइपेईमा जारी ग्रुप बीको खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो। नेपाल विरूद्ध कम्बोडियाले सुरूवातमा नै अग्रता बनायो। भ्रेक फानको हेडर गोलमा खेलको तेस्रो मिनेटमा कम्बोडियाले अग्रता कायम गर्यो। पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले सातौं मिनेटमा […]

September 21, 2024

पाकिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता नेपाल साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले स्तब्ध बनेको हो । भुटानको चाङलिमिथाङ रंगशालामा शनिबार भएको खेलमा नेपाललाई स्तब्ध पार्न पाकिस्तानका परिवर्तित खेलाडी मोहम्मद थलहले खेलको अन्त्यतर गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८२औं मिनेटमा अब्दुल समादको […]

Success

Thank you for your time.