1 year ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले साफ च्याम्पियनसिपमा टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् ।
नेपाल विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेपछि शुक्रबार भारत पुगेको थियो । त्यसयता टोलीले बेंगलोरमै रहेर नियमित प्रशिक्षण गरेको छ । प्रशिक्षक अनेसेले साफ च्याम्पियनसिप २०२३ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा टोलीको तयारी कमजोर रहेपनि राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।
‘हामीले तयारीका लागि छोटो समय पायौं । म टोलीमा जोडिएको साढे ३ महिना भएको छ । यसक्रममा मैले राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिकामा अनुभव लिने अवसर पाएको छु । नेपालको नयाँ युगलाई नेतृत्व गरिरहेको छु । केहि खेलाडी पहिलो पटक यो प्रतियोगिता खेलिरहेका छन्,’ उनले भने ।
नेपालले साफको १४ औं संस्करणसम्म आइपुग्दा सबैमा सहभागिता जनाएको छ । हालसम्म एकपटक मात्र फाइनल पुगेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन । अनेसेले साफ च्याम्पियनसिप टोलीका लागि निकै महत्त्वपूर्ण रहेको पनि बताए ।
‘हाम्रो लागि यो प्रतियोगितामा सहभागी हुनु महत्त्वपूर्ण छ । हामीले भारत, पाकिस्तान र कुवेतसँग खेल्दैछौं । म आफैं पनि यो प्रतियोगितामा सहभागी हुन पाएकोमा गर्व गर्दछु । आशा छ हाम्रो प्रदर्शन पनि राम्रो हुनेछ,’ भारतको घरेलु फुटबलमा सफलता हासिल गरिसकेका अनेसेले भने ।
अनेसेले आफ्नो आगमनसँगै नेपाली खेलाडीलाई विदेशी लिगको बाटो खोल्न प्रयास गर्ने बताएका थिए । उनले यसपटक भारतीय फुटबलमा आफ्नो खेलाडीलाई क्षमता प्रस्तुत गर्ने राम्रो अवसर रहेको पनि बताए ।
‘हाम्रो लागि यो नयाँ अनुभव पनि हुनेछ । कतिपय खेलाडीका लागि यो भारतीय फुटबलमा आफूलाई प्रस्तुत गर्ने अवसर हुन सक्छ,’ अनेसेले थपे । उनले भारतका क्लबमा नेपाली खेलाडी खेल्न सक्षम रहेको यसअघि नै बताएका थिए ।
नेपालमा रहँदा लिग तालिकाका कारण प्रशिक्षक अनेसेले टोलीसँग राम्रो तयारी गर्न पाएका थिएनन् । थ्री नेसन्स कपपछि तीन पटक रणनीतिक प्रशिक्षण गरेर उनले अन्तिम टोली घोषणा गरेका थिए । पछिल्लो साता भने राम्रो प्रशिक्षण भएको उनले बताए ।
‘टोलीको फिटनेस स्तर राम्रो छ । हामीले रणनीतिक रुपमा धेरै तयारी गर्न पाएका त छैनौं, तर पछिल्लो साता राम्रो भएको छ । मलाई यहाँ निकै राम्रो वातावारण निर्माण भएको महसुस भएको छ र नतिजा आउनेमा सकारात्मक छु,’ उनले थपे ।
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]
December 16, 2024
एजेन्सी – खेलको अन्त्यतिर २ गोल गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्ने क्रममा आइतवार युनाइटेडले सिटीलाई २-१ पराजित गरेको हो।जस्को ग्याब्राडिलोले हेड मार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए। ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले उच्च […]