2 years ago
June 20, 2023
हिमाल खरेल, ओखलढुंगा
कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा मंगलबार धनकुटा र सुनसरी विजयी भएका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा धनकुटा र सुनसरी विजयी भएका हुन् ।
पहिलो खेलमा धनकुटाले अर्को पहाडी जिल्ला भोजपुरलाई ५–३ ले हरायो । धनकुटाले अब वार्कओभर पाएको इलामसँग खेल्नेछ । धनकुटाका लागि कुसुम थुलुङ राईले २, विवेक राई, दिपेन शाक्य र वीरेन लिम्बूले समान १ गोल गरे । भोजपुरका लागि अनिश बस्नेत, सन्तोष तामाङ र सौगात राईले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भोजपुरले लिए पनि सम्हालिन नसक्दा हार व्यहोर्नु परेको थियो । खेलको सातौँ मिनेटमा भोजपुरका अनिशले पहिलो गोल गरेका थिए । १७ औँ मिनेटमा धनकुटाका विवेक राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको २७ औं र ३२ औं मिनेटमा धनकुटाका कुसुमले गोल गर्दै खेल ३–१ को अग्रता बनाए । २ गोलले पछि परेको भोजपुरका लागि ३६ औं मिनेटमा सन्तोषले गोल गर्दै अन्तर घटाउँदै खेल ३–२ मा फर्काए । त्यो पनि धेरै समय टिक्न सकेन । धनकुटाका दिपेन शाक्यले ५७ औं मिनेट र वीरेन लिम्बूले ६२ औं मिनेटमा गोल गर्दै ५–२ को स्थितिमा खेल पुर्याए ।
खेलको ७३ औं मिनेटमा भोजपुरका सौगता राईले गोल गर्दै अग्रता घटाएर खेल ५–३ गोल अन्तरमा पुर्याए पनि जितका लागि पर्याप्त हुन सकेन । खेलको म्यान अफ द म्याच धनकुटाका कुसुम भए । बोर्डका सदस्य सचिव हंशराज वाग्ले र ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले कुसुमलाई ४ हजार हस्तान्तरण गरे ।
यसैबीच, आज भएको दोस्रो खेलमा सुनसरीले पाँचथरलाई पराजित गर्यो । सुनसरीले पाँचथरलाई ३–० गोल अन्तरले हराएको हो । सुनसरीले अब तेह्रथुम र खोटाङबीचको विजेतासँग खेल्नेछ । खेलको २५ औँ मिनेटमा सुनसरीका निमा शेर्पाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४७ औं मिनेटमा योगेन्द्र कार्कीले गोल थप्दै २–० को स्थितिमा पुर्याए ।
खेलको ७२ औँ मिनेटमा शेर्पाले पुनः एक गोल गर्दै सुनसरीको जित पक्का गरे । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सुनसरीका शेर्पा भए । उनले ४ हजार रुपैयाँ पाए । प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् । प्रतियोगितको फाइनल खेल असार ९ गते हुनेछ । बुधबार झापा र ओखलढुंगा, तेह्रथुम र खोटाङ तथा संखुवासभा र उदयपुरका बीच प्रतिस्पर्धा हुनेछ ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]