default_image

1 year ago

June 20, 2023

एमबाप्पेको गोलमा फ्रान्सको जित

117 views

0 Bookmark

एजेन्सी – फरवार्ड केलियन एमबाप्पेको निर्णायक गोलमा फ्रान्सले युरो कप २०२४ को छनोटमा झिनो जित निकाल्दै लगातार चौथो जित दर्ता गरेको छ ।

फ्रान्सले ग्रीसलाई १–० ले पराजित गर्दै युरो छनोटमा लगातार चौथो जित दर्ता गरेको हो । घरेलु टोली फ्रान्सको जितमा दोस्रो हाफमा एमबाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

स्टेड डि फ्रान्स पेरिसमा सोमबार राति भएको खेलमा घरेलु टोली फ्रान्सले पाहुना टोली ग्रीसमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि पेनाल्टीकै साहरा लिनु परेको थियो ।

कोन्सटानटिनोस माभरोपानोसले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो ।

तर, एमबाप्पेको पेनाल्टीलाई गोलरक्षक ओडिसिएस भ्लाचोडिमोसले बचाएपनि पेनाल्टी प्रहारअघि नै लाइन क्रस गरेपछि रेफ्रीले फ्रान्सलाई रि पेनाल्टी प्रदान गर्दा यसपटक एमबाप्पे चुकेनन् ।

६९औं मिनेटमा ग्रीस १० खेलाडीमा समेटिन पुग्यो ।कोन्सटानटिनोस माभरोपानोस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्स विजयी हुन सफल भयो ।

यस जितले फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रीस ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा आयरल्यान्डले जिब्राल्टारलाई ३–० ले पराजित गरेको छ । पहिलो जित निकालेको आयरल्यान्ड ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । जिब्राल्टार ४ खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।

अन्य नतिजा
समूह ‘सी’
युक्रेन
विरुद्ध माल्टा (–०)
इंग्ल्यान्डविरुद्ध नर्थ म्यासेडोनिया (–०)
समूह ‘डी’
अर्मेनिया
विरुद्ध लात्भिया (–१)
टर्कीएविरुद्ध वेल्स (–०)
समूह ‘एच’
फिनल्यान्ड
विरुद्ध सानमारिनो (–०)
नर्दन आयरल्यान्डविरुद्ध काजकस्तान (०–)
स्लोभेनयाविरुद्ध डेनमार्क (१–१)
समूह ‘आई’
इजरायल
विरुद्ध एन्डोरा (–१)
बेलारुसविरुद्ध कोसोभो (–१)
स्वीट्जरल्यान्डविरुद्ध रोमानिया (२–२)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.