default_image

1 year ago

June 20, 2023

साकाको ह्याट्रिकमा इंग्ल्यान्डको सानदार जित

205 views

0 Bookmark

एजेन्सी – युवा विंगर बुकायो साकाको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले युरो छनोट २०२४ मा सानदार जित दर्ता गरेको छ ।इंग्ल्यान्डले घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ७–० को सानदार जित दर्ता गरेको हो ।

कप्तान ह्यारी केनले दुई तथा मार्कस रासफर्ड र केल्भिन फिलिप्सले समान एक गोल थपे । ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा सोमबार राति गोलको वर्षा भएको एकपक्षीय खेलमा इंग्ल्यान्डले खेलको २९औं मिनेटमा साकाको गोलबाट अग्रता बनाएको थियो । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए ।

३८औं मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । उनले केल वाल्करको पासलाई सदुपयोग गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा मार्कस रासफर्डले जोर्डन हेन्डरसनको पासमा गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफकै ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा इंग्ल्यान्डले थप चार गोल थप्यो । ४७औं मिनेटका साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४–० ले अघि बढाए । उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।

५१औं मिनेटमा साकाले ह्याट्रिक पूरा गरेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो । इंग्ल्यान्डको सिनियर टोलीका साकाको यो पहिलो ह्याट्रिक हो । उनले ह्यारी केनको पासलाई सदुपयोग गरे ।

६४औं मिनेटमा केल्भिन फिलिप्सले गोल गरेपछि इंग्ल्यान्ड खेलमा ६–० ले अघि बढ्यो । त्यसपछि ७३औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ७–० को सानदार जित दिलाए ।

युरो छनोटमा इंग्ल्यान्डको यो लगातार चौथो जित हो । लगातार चौथो जितसँगै समूह ‘सी’ मा शीर्षस्थानमा रहेको इंग्ल्यान्डको १२ अंक पुगेको छ । पराजित नर्थ म्यासेडोनिया ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा युक्रेनले माल्टालाई १–० ले पराजित गरेको छ । युक्रेन ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित माल्टा अंकविहीन हुँदै पुछारमा छ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.