2 years ago
June 19, 2023
एजेन्सी – आफ्नो मुख्य खेलाडीविनै विश्वविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ ।अधिकांश दोस्रो रोजाईको टोली उतारको अर्जेन्टिनाले घरेलु टोली इन्डोनेसियामाथि २–० को सहज जित हात पारेको हो ।
अर्जेन्टिनाको जितमा लियान्द्रो पारेडेस र क्रिष्टियन रोमेरोले गोल गरे । जाकार्तामा सोमबार राति भएको खेलको ३८औं मिनेटमा लियान्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले एक्सिक्वेल पालासिओसको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि क्रिष्टियन रोमेरोले ५५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २–० को सहज जित दिलाए । दोस्रो रोजाईको टोली उतारेपनि अर्जेन्टिनाले घरेलु टोलीविरुद्ध ७४ प्रतिशत बल पोसेसन राख्न सफल भएको थियो ।
यस जितसँगै अर्जेन्टिना पछिल्लो १० खेलसम्म अपराजित रहन सफल भएको छ । फिफा विश्वकप कतार २०२२ मा साउदी अरेबियासँग २–१ ले स्तब्ध भयएता अर्जेन्टिना अपराजित छ । जसमा ८ जित र २ बराबरीको नतिजा छ । दुई बरबरीको खेलमा पनि अर्जेन्टिनाले टाइब्रेकरमा सफलता हात पारेको छ ।
गत वर्षको १२ जुनमा जोर्डनुँग १–० ले पराजित भएयता पछिल्लो ११ खेलमा इन्डोनेसियाको यो दोस्रो हार हो । यसअघि इन्डोनेसिया ९ जनवरीमा भियतनामसँग २–० ले पराजित भएको थियो । जसमा ६ जित, ३ बराबरी र १ हारको नतिजा थियो ।
इन्डोनेसियाविरुद्ध गोलरक्षक एमिलियनो मार्टिनेजसँगै जुलियन अल्भारेज, निकोलस गोन्जालेस, जर्मन पिजिएला र नाहुएल मोलिनाले पहिलो रोजाईमा खेल्दा मार्काेस एकुना, लुकास ओकम्पास र एलेहान्द्रो गर्नाचोले दोस्रो हाफमा खेलेका थिए ।
इन्डोनेसियाविरुद्धको खेलमा अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कोलानीले टोलीका कप्तान तथा फरवार्ड लियोनेल मेस्सीसँगै एन्जल डि मारियालाई टोलीमै नराख्दा एन्जो फर्नान्डेस, रोड्रिगो डि पउल, एलेक्सिस म्याक एलिस्टर र निकोलस ट्याग्लिएफिको जस्ता खेलाडीलाई बेञ्चमै राखेको थियो ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]