default_image

1 year ago

June 19, 2023

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित

212 views

0 Bookmark

हिमाल खरेल, ओखलढुंगा

ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् ।

उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३–१ गोल अन्तरले हरायो । अब ओखलढुंगाले झापासँगको भेट पक्का गरेको छ । ओखलढुंगालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा प्रविन मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ३६ औं र ५६ औं मिनेटमा सञ्जय गुरुङले व्यक्तिगत दुई गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए ।

सोलुखुम्बुका लागि खेलको ४९ औं मिनेटमा थिराज राईले सान्त्वाना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने ओखलढुंगाका सञ्जय राई भए । उनले ४ हजार रुपैयाँ प्राप्त गरे । उनलाई कार्यक्रमका अध्यक्ष तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र सिद्धिचरण नगरपालिकाका निवर्तमान नगरप्रमुख मोहनकुमार श्रेष्ठले नगद र मेडल प्रदान गरे ।

त्यस्तै, दोस्रो खेलमा उदयपुरले मोरङलाई १–० गोल अन्तरले हराएको छ । मोरङले अर्को खेल संखुवासभासँग खेल्नेछ । उदयपुरका सुनिल खड्काले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । गोलकर्ता सुनिल खेलको म्यान अफ द म्याच भए ।

उनलाई बोर्डका सदस्य सचिव वाग्ले र सशस्त्र प्रहरी नायव उपरीक्षक विकास भूजेलले नगद ४ हजार र मेडल प्रदान गरे । बोर्डका सदस्य सचिव वाग्लेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिकबहादुर र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ आउने कार्यक्रम भए पनि प्रतिकूल मौसमका कारण आउन सकेनन् ।

उनीहरु आउन नसकेपछि प्रदेशसभा सदस्य प्रदिप सुनुवार, सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई, बोर्डका सदस्य सचिव वाग्लेले खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा वाग्लेले ओखलढुंगामा ३० वर्षपछि प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुन सकेकोले ऐतिहासिक खेल भएको बताए । त्यस्तै, आगामी दिनमा ओखलढुंगामा खेल प्रतियोगिताहरुले निरन्तरता पाउने उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख खनालले खेलमैदानको स्तरोन्नतिका लागि आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष राईले ओखलढुंगामा प्रक्रिया पुर्याएर चाँडै फुटबल संघ गठन गर्ने र ग्रासरुट फुटबल सञ्चालन गर्ने बताए ।
प्रदेशसभा सदस्य सुनुवार लगायत सबै वक्ताले भौगोलिक कठिनाइमा पनि प्रतियोगिता आयोजना गरेकोमा वाग्लेको प्रशंसा गरेका थिए । प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ । ताप्लेजुङ भने पहिरोका कारण सडक अवरुद्ध भएपछि सहभागी भएन । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख र दोस्रो १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो ५ हजार रुपैयाँ र ट्रफी पाउने छन् । प्रतियोगितको फाइनल खेल असार ९ गते हुनेछ । मंगलबार धनकुटा र भोजपुरबीच तथा सुनसरी र पाँचथरका बीच प्रतिस्पर्धा हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.