default_image

1 year ago

June 19, 2023

भारत इन्टर कन्टिनेन्टल च्याम्पियन

128 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारतले चार राष्ट्र सम्मिलित इन्टर कन्टिनेल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा लेवनानलाई २–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री र लालिएन्जुएला चाङ्टेले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । भुवनेश्वरको कलिंगा स्टेडियममा भएको खेलको ४६औं मिनेटमा कप्तान सुनिलको गोलबाट भारतले १–० को अग्रता लिन सफल भयो ।

त्यसपछि ६५औं मिनेटमा लालिएन्जुएला चाङ्टेले गोल गर्दै भारतको जित पक्का गरे । भारत अपराजित रहँदै च्याम्पियन बनेको हो । भारतले लिग चरणमा मंगोलियालाई २–० र भानुएटुलाई १–० ले पराजित गर्दा लेवनानसँग गोलरहित बराबरी खेलेको थियो । लिग चरणमा लेवनानसँग बराबरी खेलेको भारतले फाइनलमा भने सहज जित निकाल्न सफल भयो ।

भारतमै यसै सातादेखि शुरु हुने साफ च्याम्पियनसिपको १४औं संस्करणको तयारीका लागि भारतले घरेलु भुमिमै चार राष्ट्र सम्मिलित इन्टर कन्टिनेन्टल कपको आयोजना गरेको थियो । भारतले अब साफ च्याम्पियनसिपमा पाकिस्तान, नेपाल र कुवेतसँग खेल्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.