2 years ago
June 18, 2023
चितवन (हाम्रो खेलकुद) – चितवन च्याम्पियनसिप फुटबलको छैठौं संस्करणको मंगलबार सुरु हुने भएको छ । एभरेष्ट क्लब भरतपुरको आयोजनामा जुनियर प्रहरी अधिकृत शिक्षालयको मैदानमा हुने प्रतियोगिता असार १६ गतेसम्म चल्नेछ बताइएको छ ।
प्रतियोगितामा चितवनका १० र अन्य जिल्लाका २ गरि १२ टोली सहभागी रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ’ए’ मा अभिषेक चर्च रहजर, नारायणी मोटर्स युनिक एफसी, सेन्ट्रल क्लब रामपुर फुटबल क्लब रड्स, हर्दी युवा समाज भण्डारा, जुनियर प्रहरी अधिकृत शिक्षालय र गैंडाकोट फुटबल क्लब छन् ।
केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी), स्टार स्पोर्ट्स क्लब बरुवा माडी, सूर्यपुर फुटबल क्लब कालिका, त्रिवेणी फुटबल क्लब मुग्लिन, आयोजक एभरेष्ट फुटबल क्लब र भतेरी युवा क्लब (जु एफसी) जुगेडी समूह ’बी’ मा छन् । प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रहजर र नारायणी मोटर्स युनिक एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक एभरेष्ट क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङ (गोपाल) ले दिएको जानककारी अनुसार प्रतियोगिताको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्नेछिन् । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ, दोस्रो टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सेमिफाइनल अघि दर्शकका लागि ५० तथा सेमिफाइनल र फाइनलका लागि १ सय रुपैयाँको टिकट दर तोकिएको छ । २० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अपेक्षा रहेको प्रवद्धक संस्था चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको कार्कीले बताए । प्रतियोगितामा झण्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]