default_image

1 year ago

June 18, 2023

राष्ट्रिय टोलीबाट अनन्तको ५० क्याप पूरा

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले सिनियर टोलीबाट ५० क्यापको उपलब्धि हासिल गरेका छन् ।

फिलिपिन्सविरुद्ध विहीबार भएको मैत्रीपूर्ण खेलमा अनन्तले ५० खेलको आँकडा पार गरेका हुन् । राष्ट्रिय टोलीमा महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित अनन्तले यसै सिजन आफ्नो पहिलो लिग उपाधि पनि जिते । उनले नव प्रवेशी चर्च ब्वाइज युनाइटेडको कप्तानी गर्दै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेका थिए ।

अनन्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । अनन्तले लिगमा उच्च प्रदर्शन गर्दै चर्च ब्वाइजलाई उपाधि दिलाएका थिए ।

अनन्तले राष्ट्रिय टोलीबाट सन् २०१५ मा डेब्यु गरेका थिए । भारतविरुद्ध भएको खेलमा पूरा ९० मिनेट बिताउने क्रममा उनले क्लिन सिट राखेका थिए । भारत र नेपालबीच उक्त मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

अनन्तले राष्ट्रिय टोलीबाट बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप जितेका थिए । उनी सन् २०१५ मा साफ यू-१९ च्याम्पियन टोलीको मुख्य सदस्य पनि थिए । नेपालले १२ औं साग र १३ औं सागमा स्वर्ण जित्दा पनि अनन्त टोलीको सदस्य थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.