default_image

1 year ago

June 18, 2023

ब्रुनो चम्कँदा पोर्चुगलको सानदार जित

192 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि युरो कप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा पोर्चुगलले बोस्निया एण्ड हर्ज गोभिनामाथि ३–० को सहज जित आत्मसात गरेको हो । पहिलो हाफका एक गोल गरेको पोर्चुगलले दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गर्यो ।

लिस्वोआमा शनिबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले खेलको सुरुवातदेखि नै बोस्नियामाथि दवाव बढाएपनि गोलको लागि पहिलो हाफको अन्तिम समय पर्खनु परेको थियो । ४४औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए । उनले ब्रुनोको पासमा गोल गर्न सफल भए ।

त्यसपछिको दुवै गोल ब्रुनोको नाममा रह्यो । ७७औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । उनले रुवेन नेभेसको पासमा गोल गर्न सफल भए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै पोर्चुगललाई सहज जित दिलाए ।

यस जितसँगै समूह ‘जे’ मा अपराजित रहेको पोर्चुगल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बोस्निया ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले आइसल्यान्डलाई २–१ ले तथा लक्जेमवर्गले लिचेस्टाइनलाई २–० ले पराजित गरेको छ ।

यस जितले स्लोभाकिया ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आइसल्यान्ड ३ अंक जोडेर पाँचौं स्थानमा छ । लक्जेमवर्ग ४ अंक जोडेर तेस्रो स्थानमा रहँदा लिचेस्टाइन अंकविहीन हुँदै पुछारमा छ ।

अन्य नतिजा
समूह ‘ए’

साइप्रसविरुद्ध जर्जिया (१–) र नर्वेविरुद्ध स्कटल्यान्ड (१–)

समूह ‘ई’
अल्वानिया
विरुद्ध मोल्दोभा (–०) र फारोइ आइल्यान्डविरुद्ध चेकिया (०–)

समूह ‘एफ’
बेल्जियमविरुद्ध अष्ट्रिया (१–१) र अजरवैजानविरुद्ध इस्टोनिया (१–१)

समूह ‘जी’
लिथुआनियाविरुद्ध बुल्गेरिया (१–१) र मोन्टेनेग्रोविरुद्ध हंगेरी (०–०)

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.