default_image

1 year ago

June 16, 2023

अर्जेन्टिनाले अष्ट्रेलियालाई हरायो

163 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाले सहज जित हात पारेको छ । विश्वविजेता अर्जेन्टिनाले अष्ट्रेलियामाथि २–० को सहज जित हात पारेको हो ।

अर्जेन्टिनाको सहज जितमा कप्तान लियोनेल मेस्सीसँगै जर्मन पिजेलाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो ।

वर्कस स्टेडियम बेइजिङ चीनमा बिहीबार भएको खेलमा कप्तान मेस्सीले आफ्नो खेल करिअरकै सबैभन्दा छिटो गोल गर्ने क्रममा ११९ सेकेण्डमै गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए ।

मिडफिल्डमा म्याथ्यु लेकीले बल फुत्काएपछि एन्जो फर्नान्डेसले दिएको पासमा मेस्सीले दुई डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारले टप कर्नरबाट जाली चुम्दा म्याथ्यु रायनले बचाउने कुनै अवसर नै पाएन ।

यससँगै ३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि पछिल्लो सात खेलमा लगातार गोल गर्न सफल भएका छन् । उनको यो पछिल्लो सात खेलमा मेस्सीको यो १०औं गोल हो ।

गत नोभेम्वरमा कतारमा भएको फिफा विश्वकपमा प्रि–क्वाटरफाइनलमा अष्ट्रेलियाविरुद्ध २–१ को जित निकालेको खेल यता, मेस्सीले सबै सात खेलमा गोल गर्न सफल भएका हुन् ।

६८औं मिनेटमा परिवर्तित खेलाडी जर्मन पिजिएलाले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । दोस्रो हाफको शुरुमै निकोलस ओटामेन्डीको स्थानमा मैदान छिरेका पिजिएलाले गोल गर्न सफल भएका थिए ।

यही खेलबाट १८ वर्षीय युवा विंगर एलेहान्द्रो गर्नाचोले अर्जेन्टिनाको सिनियर टोलीमा डेब्यु गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा राम्रो छाप छाड्न सफल भएका गर्नाचो प्रशिक्षक लियोनेल स्कोलानीको नजरमा पर्न सफल भएका थिए ।

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

Success

Thank you for your time.