default_image

2 years ago

June 15, 2023

फ्रिडम र कपन भेट्रान क्वाटरफाइनलमा

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमले भूपु सैनिक, रुपन्देहीलाई ४–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि विकर्ण श्रेष्ठ, नरकुमार राई, राजकुमार केसी र सरोज थापाले १–१ गोल गरे ।

कपनले बीबीसी, बनेपालाई २–१ गोलले हरायो । कपनका देवराज नेपाली र पासाङ शेर्पाले गोल गरे । बीबीसीका सञ्जय राना मगरले १ गोल फर्काए ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा चितवन, रुपन्देही र बौद्ध भेट्रान पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

चितवनले थापागाउँमाथि २–१ को जित दर्ता ग¥यो । चितवनका धनबहादुर गुरुङ र रविन्द्र श्रेष्ठले १–१ गोल गरे । थापागाउँका हरिहर थापाले सान्त्वना गोल गरे । यम राणाको निर्णायक गोल मद्दतमा रुपन्देहीले नुवाकोट दरबारलाई १–० गोलले पाखा लगायो ।

हेटौंडा भेट्रानविरुद्धको खेलमा बौद्ध भेट्रान २–० गोलले विजयी भयो । बौद्धका तीर्थ लामा र सिराज क्षेत्रीले १–१ गोल गरे ।

March 25, 2025

काठमाडौ रेजर्सको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]

March 25, 2025

एन्फा कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]

March 25, 2025

नेपाली फुटबल टोलीले अर्को इतिहास रच्ला?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]

Success

Thank you for your time.