default_image

1 year ago

June 15, 2023

नेपालले आज फिलिपिन्ससँग खेल्दै

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपको तयारीका रुपमा रहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ । खेल फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

नेपाली टोली खेलका लागि बुधबार नै फिलिपिन्स पुगिसकेको छ । टोलीले बुधबार र विहीबार प्रशिक्षण समेत गरिसकेको छ । आजको खेलमा नेपालले नतिजाका लागि नै खेल्ने प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले बताएका थिए ।

प्रशिक्षक अनेसेले नेपालले फिलिपिन्सविरुद्ध खेलमा टोलीमा रहेका नयाँ खेलाडीलाई डेब्यु दिने पनि बताएका थिए । यस्तोमा टोलीमा रहेका तीन नयाँ खेलाडी मिडफिल्डर लाकेन लिम्बु तथा डिफेन्डरद्वय विमल पाण्डे र सिमान्त थापा पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने प्रयासमा हुनेछन् ।

लेफ्ट ब्याकमा विमल पाण्डेले सुरुवात गर्ने सम्भावना छ । उनकै क्लब सहकर्मी विकास खवास चोटका कारण टोलीमा नपर्दा प्रशिक्षक अनेसेले उनलाई विकल्पका रुपमा हेरेका छन् । यसबाहेक टोलीमा मिडफिल्डमा पनि लाकेनले सुरुवाती रोजाइमा पर्न चुनौती दिनेछन् ।

नेपाल र फिलिपिन्सबीच यसअघि पनि पटक पटक प्रतिस्पर्धा भएको छ । पछिल्लोपटक नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको थियो । सन् २०१७ नोभेम्बर १४ मा एएफसी एसियन कप छनोटको समूह चरणको खेल एन्फा कम्प्लेक्समा भएको थियो । उक्त खेलबाट तत्कालिन कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

त्यसबाहेक नेपालले सन् २०११ यता अन्य ४ खेलमा भने हार बेहोरेको छ । नेपाललले पछिल्लो ५ खेलमा मात्र १ गोल फर्काएको छ भने १४ गोल खाएको इतिहास छ । नेपालले आज मैत्रीपूर्ण खेल खेलेपछि भोली नै भारत प्रस्थान गर्नेछ ।

साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा ६ देखि १९ असारसम्म हुँदैछ । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल कठिन समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा आयोजक भारतसँगै पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेत छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले ६ असारमा कुवेतविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । ९ असारमा नेपालले साविक विजेता भारतसँग खेल्नेछ । १२ असारमा नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल १६ असारमा तथा फाइनल १९ असारमा हुनेछ ।

नेपाली टोली :

गोलरक्षक : किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)

डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)

मिडफिल्डर :पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ)

फरवार्ड : आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.