default_image

1 year ago

June 14, 2023

ओखलढुंगामा कोशी मुख्यमन्त्री कप फुटबल हुने

221 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । बोर्डले बुधबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

बोर्डको आयोजनामा हुने तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता असार ४ गतेदेखि ९ गतेसम्म हुने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाको सहभागिता रहनेछ । जिल्लाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिकामा रहेको खेलमैदानमा प्रतियोगिता हुने वाग्लेले बताए ।

ओखलढुंगामा पहिलोपटक हुन लागेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ र दोस्रो हुने टोलीले १ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर ३ सय जना ओखलढुंगा पुग्ने बोर्डले जनाएको छ । प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको सदस्य सचिव वाग्लेले जानकारी दिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.