default_image

1 year ago

June 13, 2023

रियल म्याड्रिडले एमबाप्पेलाई अनुबन्ध गर्नेछ, तर…

202 views

0 Bookmark

एजेन्सी – करिम बेन्जेमा, मार्को एसेन्सियो, मारियानो डियाज र इडेन हाजार्डको प्रस्थानसँगै रियल म्याड्रिड यो सिजनको समर ट्रान्सफर विन्डोमा निकै व्यस्त रहने अनुमान गरिएको छ ।

जुड बेलिङहम, ब्राहिम डियाज र फ्रान गार्सियाको आगमनको अतिरिक्त रियल अझैपनि फरवार्डको खोजीमा छ । इंग्लिस फरवार्ड ह्यारी केन पोल पोजिसनमा कार्लो एन्सेलोटीको मनपर्ने खेलाडी हुन तर, रियलको फ्यानबेस अझैपनि केलियन एमबाप्पेले रियलबाट खेलेको हेर्ने चाहना राख्दछ ।

रियलका फ्लोरेन्टिनो पेरेजले एमबाप्पेबारे चर्चा गरेका छन् । यसै साता एक ट्विटर प्रयोगकर्ताले एउटा भिडियो पोस्ट गरेको थियो । जुन निकै भाइरल भएको छ ।

यसमा, एक फ्यान फ्लोरेन्टिनो पेरेजको नजिक पुग्छन् र उनलाई सोध्छन् कि उनी एम्बाप्पेलाई साइन गर्न जाँदैछन्, जसलाई रियल म्याड्रिडले गत समरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नयाँ सम्झौता गर्नुअघि रियलले एमबाप्पेलाई लगातार अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

रियल म्याड्रिडका अध्यक्षको प्रतिक्रियाले धेरैलाई आश्चर्यचकित बनाएको छ, किनकि उनी युवा फरवार्डलाई साइन गर्ने आफ्नो इच्छाको बारेमा खुला थिए ।

‘हो, तर यस वर्ष होइन ।’ रियल म्याड्रिडले सुपरस्टारलाई अनुबन्ध गर्ने भन्ने प्रश्नमा पेरेजको जवाफ थियो । फ्लोरेन्टिनो पेरेजको टिप्पणीपछि एमबाप्पेको नाम फेरि पनि रियलको चर्चामा आएको छ । क्लबले अनुबन्ध गर्छ या गर्दै त्यो भने हेर्न बाँकी नैछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.