default_image

2 years ago

June 11, 2023

नेपाली फुटबल टोलीको बिदाई

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंग्लोरमा असार पहिलो सातादेखि आयोजना साफ च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ ।

नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरेको हो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्लाला’, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ, महासचिव किरण राई, साफ कमिटिका उपाध्यक्ष सुन्दर नरसिंह जोशी, एन्फाका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का, उपाध्यक्ष विराट जंग शाही र सदस्य रविन चन्दले बिदाई गरे ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप नेपालले फिलिपिन्ससँग उसकै मैदानमा मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले फिलिपिन्समै करिव तीन दिन प्रशिक्ष गर्नेछ । नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसको भोलिपल्ट नेपाल साफको लागि भारत प्रस्थान गर्नेछ ।

१४औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारको बैंग्लोरमा हुँदैछ । साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । कुवेत र लेबनान आमन्त्रित टोली हुन् ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच असार ६ गते नेपाली समयअनुसार ३ः४५ बजेपछि हुनेछ । ९ असारमा नेपालले आयोजक भारतसँग खेल्नेछ । त्यसपछि समूह चरणको अन्तिम खेलमा नेपालले १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा आयोजना भएको १३औं साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

नेपाली टोली

गोलरक्षक – किरण कुमार लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ

डिफेन्डर – विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान खड्का, रोहित चन्द र सिमन्त थापा

मिडफिल्डर – पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आवास लामिछाने

फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर

हेड अफ डेलिगेट्स – मनिष जोशी
मुख्य प्रशिक्षक – भिन्सेन्जो अल्बर्टाे एनेसे
सहायक प्रशिक्षक – प्रवेश कटवाल
गोलकिपिङ प्रशिक्षक – विनोद महर्जन
फिजियो – आविष्कार पुडासैनी
मिडिया अफिसर – सरोज श्रेष्ठ
अफिसियल – विवेक राई र शिरिष श्रेष्ठ

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.