2 years ago
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई अपि पावर कम्पनि लिमिटेडले सम्मान गरेको छ ।
क्लबको मुख्य प्रायोजक रहेको अपि पावरले लिगमा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियललाई सम्मान गरेको हो । काठमाडौंमा आयोजित रात्री भोजमा क्लबका खेलाडी, पदाधिकारी, प्रायोजक अपि पावरका प्रतिनिधिहरु सँगै क्लबका शुभचिन्तक उपस्थित थिए ।
कार्यक्रममा अपि पावरले विभिन्न विधामा खेलाडीलाई नगदसहित अवार्ड वितरण गरेको थियो । उत्कृष्ट खेलाडीमा डिफेन्डर कमल श्रेष्ठ, उदीयमान खेलाडीमा मिडफिल्डर मौसम सुब्बा र उत्कृष्ट विदेशी खेलाडीमा गोलरक्षक एभ्स प्रिसो चुनिए । सबै विजेतालाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अपि पावरका प्रबन्ध निर्देशक संजिव न्यौपानेले क्लबलाई सफलताका लागि बधाई दिँदै आउने दिनमा पनि कम्पनिको तर्फबाट सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
क्लबका अध्यक्ष टंकलाल राई (रुवेन) ले पहिलो सिजनमा उपाधि जितेको उच्च मनोबलले आउने सिजनमा पनि यसैलाई निरन्तरता दिने अभिव्यक्ति दिए । प्रशिक्षक बालगोपाल महर्जनले सबैको संयुक्त प्रयासले नै यो सफलता हासिल गरेको बताए ।
उक्त कार्यक्रममा क्लबले आफ्नो उत्कृष्ट फ्यानलाई पनि सम्मान गर्यो । चर्च ब्वाइजको समर्थनमा नियमित दर्शकदीर्घामा देखिने डेविड गोलेलाई क्लबले खेलाडीको हस्ताक्षर अंकित जर्सीसहित सम्मान गरेको थियो ।
चर्च ब्वाइजले सी डिभिजन छनोट देखि लगातार ४ सिजन उपाधि जित्दै दुर्लभ इतिहास बराबरी गरेको थियो । पहिलो सिजनमै ए डिभिजन लिग जित्ने क्रममा क्लबले मध्य सिजनमा मुख्य प्रायोजकको रुपमा अपि पावरको साथ पाएको थियो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]